फिक्कल गाउँपालिका र गोलन्जोर गाउपालिकामा संचालीत बिभिन्न कार्यक्रमहरुको सयुंक्त अनुगमन

RadioSiddhababa

सिन्धुली, साउन २६, २०८१ शनिबार ।


एकीकृत पोषण तथा जिविकोपार्जन परियोजना र बाल स्पोनसरसिप परियोजना अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा संचालित कार्यक्रमको संयुक्त रुपमा अनुगमन गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुली र रिलिफ नेपाल सिन्धुलीको प्राविधिक सहयोगमा संचालित परियोजनाको अनुगमन गरिएको हो । 


एकीकृत पोषण तथा जिविकोपार्जन परियोजना अन्तर्गत फिक्कल गाउँपालिका ४ खाङसाङ स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन सहयोग गरिएको छ । मेसिन संचालनमा आए पश्चात गर्ववती महिलाको चेकजाँचमा सहज भएको र वडा नं. ४ बाहेक पालिकाका अन्य वडा तथा छिमेकी जिल्ला बाट समेत गर्ववती महिला चेकजाँचको लागि आउने गरेको खाङसाङ स्वास्थ्य चौकीका प्रमुख मुकेश कुमार मण्डलले बताउनुभएको छ । फिक्कल गाउँपालिकाको ६ वटै वडामा बर्थिङ सेन्टर रहेको तर स्वास्थ्यकर्मीको अभाव रहेकाले स्वास्थ्यकर्मी उपलब्ध गराउन पहल गरिदिन गाउँपालिकाका कार्यवाहक अध्यक्ष राजु बरालले अनुगमन समितिलाई आग्रह गर्नुभएको छ । 


त्यस्तै गोलन्जोर गाउँपालिका बसेरी खत्रीकुलो सिंचाईको अवलोकन तथा उत्पादक समुह संग अन्तरक्रिया गरिएको छ । परियोजना अन्तर्गत २ सय मिटर कुलो निर्माणले बारै महिला कुलो संचालन हुने र उत्पादन बृद्धी हुने भएकाले किसानले खुशी ब्यक्त गरेका छन् । उक्त कुलो बाट ५ सय रोपमी खेत बारीमा सिंचाई सुविधा सहज भएको छ । 


त्यस्तै ब्यवसाय पुनरउत्थान अन्तर्गत गोलन्जोर गाउँपालिका ३ स्थित प्रसंशा ब्युटी पार्लर र राधाकृष्ण विराटस्वरुप आयुर्वेद औषधी उद्योग प्रालिको समेत अनुगमन गरिएको छ । एकीकृत पोषण तथा जिविकोपार्जन परियोजना अन्तर्गत ३ सय ९० घण्टे तालिम लिए पश्चात ब्यबसाय गर्न सहजता मिलेको र आफैले ब्यवसाय संचालन गर्दै जिविकोपार्जन गरेको प्रसंशा ब्युटी पार्लर संचालन प्रतिमा भुजेलले बताउनुभयो । 


अनुगमनमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, उपप्रमुख शान्ता कार्की, फिक्कल गाउँपालिकाका कार्यवाहक अध्यक्ष राजु बराल, गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकार, फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वर बहादुर रजन मगर, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शाखा अधिकृत दुर्गा भुजेल, जिल्ला समन्वय समिति सिन्धुलीका सुचना अधिकारी कुलध्वज बम्जन, कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत सुशिल श्रेष्ठ, जनस्वास्थ्य कार्यालय सिन्धुलीका गंगा राम कार्की, वल्र्ड भिजन इन्टरनेशनल नेपालका कृपराज जोशी, पशु सेवा कार्यालय सिन्धुलीका अमित कुमार राय, रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल, गैर सरकारी महासंघ सिन्धुलीका उपाध्यक्ष नवराज पहाडी, सिड्स नेपाल सिन्धुलीकी बाल कुमारी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु

सिन्धुली, बैशाख २४, २०८२ बुधबार ।  सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

RadioSiddhababa

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते