शिद्धबाबा प्लस टू म्यानेजमेन्ट/गुरुकुल कलेजमा चित्रकला प्रतियोगिता संचालन

RadioSiddhababa

सिन्धुली, साउन २५, २०८१ शुक्रवार । शिद्धबाबा प्लस टू म्यानेजमेन्ट/गुरुकुल कलेजमा चित्रकला प्रतियोगिता संचालन गरिएको छ । “पृथ्वीको संरक्षण” विषयमा आधारित भएर विद्यार्थीहरुले प्रतियोगितामा चित्र बनाएका हुन् । प्रतियोगितामा शिद्धबाबा प्लस टू म्यानेजमेन्टमा अध्यनरत कक्षा ११ बाट ११ जना र १२ बाट ८ को विद्यार्थी गरि १९ जना विद्यार्थीको सहभागी रहेको थियो । चित्रकला प्रतियोगितामा कक्षा ११ की पुजा चौधरीले प्रथम स्थान, कक्षा ११ की पुजा थिङ द्धितिय, कक्षा १२ की रुपा श्रेष्ठले तृतिय स्थान हासिल गरेका छन् । त्यस्तै प्रतियोगितामा कक्षा ११ का मनोज मगर र प्रशंसा लामाले सर्वोउत्कृष्टमा स्थान हासिल गरेका छन् । चित्रकला प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय, सर्वोउत्कृष्ट दुई जना विद्यार्थीलाई प्रमाण पत्र र स्टेश्नरी सामाग्री पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम अजीमा आर्ट ग्यालरी प्रमुख अनिल खड्काको प्रमुख आथिथ्यता तथा शिद्धबाबा प्लस टू म्यानेजमेन्ट/गुरुकुल कलेजका कोअडिनेटर राहुल सिंहको अध्यक्षतामा प्रतियोगिता संचालन गरिएकोे थियो ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण टोल विकास संस्थाको भवन उद्घाटन

सिन्धुली, भदौ २२, २०८१ शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण समन्वय टोल विकास संस्थाको नवनिर्मित भवन उद्घाटन गरीएको छ ।

RadioSiddhababa

जुनारमा लाग्ने सुँडे पुतली समातेर मार्ने लाई गोलन्जोर गाउँपलिकाले २ रुपैया दिने

सिन्धुली, भदौ २२, २०८१ शनिबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले जुनारको फल चुस्ने सुँडे मोथ पुतली समातेर मार्ने लाई २ रुपैयाँ दिने भएको छ । जुनार

RadioSiddhababa

नि.मा.वि.लङुरडाडाको बिद्याालय भवन उद्घाटन तथा हस्तान्तरण 

सिन्धुली, भदौ २०, २०८१ बिहिबार । सिन्धुलीको तीनपाटन गाउपालिका वडा नम्बर १० स्थित निम्न माध्यमिक बिद्यालय लङुरडाडा लाई बिद्यालय भवन हस्तान्तरण