बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा सम्पन्न

RadioSiddhababa

सिन्धुली, बैशाख ८, २०८१ शनिबार ।


बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेजले गरेको व्यवस्था अनुरूप विद्यालयमा भौगोलिक क्षेत्रका सार्वजनिक विद्यालयको न्युनतम सुरक्षा सुनिश्चित गर्न विद्यालय ब्यवस्थापन समितिको भूमिका र जिम्मेवारी बारे स्पष्ट पार्ने र कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यले तालीम संचालन गरिएको हो । 


तालीममा सहभागी प्रधानाध्यापन र बिद्यालय ब्यवस्थापन समितिका प्रतिनिधिहरुले विद्यालय सुधार योजना प्रक्रिया र विद्यालयमा हुने सम्भावित जोखीमको पहिचान गरी विद्यालय सुधार योजनामा समावेस गर्नु पर्ने बुदाँ लाई विद्यालय सुधार योजनामा समावेश गर्ने प्रतिवद्धता जनाएका छन् ।  


प्लान इन्टरनेशनल नेपालको सहयोग, कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र मरिण गाउँपलिकाको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीको आयोजनामा तालिम संचालन गरिएको हो । तालिममा ४ वटा पालिकाको १३ वटा विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधिहरु गरि २६ जनाको सहभागीतामा रहेको थियो । 


तालीमको समापन सत्रमा सहभागी कमलामाई नगरपालिका शिक्षा शाखा अधिकृत हित कुमारी पौडेल, दुधौली नगरपालिका शिक्षा सहजकर्ता लाल बहादुर कार्की, मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नबराज बराल र सुनकोशी गाउँपालिका  शिक्षा शाखा प्रा.स. बलराम कोइरालाले विद्यालय सुधार तथा गुणस्तरिय सिकाइको लागी गैर सरकारी संस्थाको महत्वपुर्ण भुमिका रहेको र विद्यालय सुधार योजना सबै विद्यालयको एैना रहेकोले तालीममा सिकेको बुदाहरुको आधारमा योजना बनाई पालिकामा बुझाउनु पर्ने बताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

  सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट

RadioSiddhababa

जिल्ला समन्वय समिति तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

  सिन्धुली, बैशाख १९, २०८१ बुधबार । जिल्ला समन्वय समिति सिन्धुली तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग