मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

RadioSiddhababa

 

सिन्धुली, बैशाख ५, २०८१ बुधबार ।


सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी खकार जाचँ सम्बन्धी शिविरमा ४ सय ९३ जनाले सेवा लिएका हुन् । शिविरमा २ सय २४ जनाको क्यान्सरको लागि प्रारम्भीक जाँच (भिआइए) गरिएकोमा ६ जनामा क्यान्सर रोग संकास्पद रुपमा देखा परेको मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनुभयो । 

 


 

शिविरमा पाठेघरको जाचँ गरिएका महिला मध्य १६ जनामा पाठेघर खस्ने समस्या देखा परेको र तत्काल अप्रेसन गर्नुपर्ने उहाँको भनाई छ । त्यस्तै शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी मार्फत ७४ जनाको खकार जाचँ गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । शिविर मार्फत संकास्पद क्यान्सर देखिएका र पाठेघरको अप्रेसन गर्नुपर्ने बिरामीहरुलाई प्रादेशिक अस्पतालमा समन्वय गरि उपचारको ब्यवस्था मिलाइने स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनुभयो ।

 


आर्थिक स्थिती कमजोर भएका, अशक्त, रोगि, मानसिक सन्तुलन गुमाएका तथा भौगोलिक विकटता भएका महिलाहरुलाई लक्षित गरेर मंगलबार र बुधबार शिविर संचालन गरिएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो । मरिण गाउँपालिका वडा नं. १, २, ३ र ४ लाई लक्षित गरि मरिण गाउँपालिका ३ स्थित कल्पबृक्ष स्वास्थ्य चौकी र वडा नं. ५, ६ र ७ लाई लक्षित गरि मरिण गाउँपालिका ७ स्थित जयमंगल आधारभुत स्वास्थ्य केन्द्रमा शिविर संचालन गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग

RadioSiddhababa

जनता संग सांसद कार्यक्रम मार्फत नागरिकको घरदैलोमा पुग्दै सांसद भुजेल

सिन्धुली, बैशाख १६, २०८१ आइतबार । सामान्यतया चुनावको समय पारेर नागरिकको घरदैलोमा पुग्ने संस्कार नेपालमा रहेको छ । चुनावको समयमा नागरिकको घरदैलोमा

RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.