दुधौली नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बिउ वितरण गर्ने
सिन्धुली, चैत १५, २०८० बिहिबार ।
सिन्धुलीको दुधौली नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बिउ वितरण गर्ने भएको छ । दुधौली नगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्न लागिएको हो ।
नगरपालिकाले सावित्रि, बहुगुणी १, बहुगुणी २, सुख्खा ३, सुख्खा २, मकुवानपुर १, हर्दिनाथ २, गंगासागर १ मोटो जातका र सावा मंन्सुली, रामधान र हर्दिनाथ २ मसिनो जातका धानको बिउ वितरण गर्न लागेको दुधौली नगरपालिकाले जनाएको छ ।
अनुदानमा धानको बिउ लिनको लागि निवेदन सहित नागरिकताको फोटोकपी एकप्रति र ५० प्रतिशत मुल्य बुझाउन गरिएको प्रतिबद्धता पत्र एक प्रति सहित चैत ३० गते सम्म नगरपालिका वा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।
नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन
सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.
बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५
सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा
कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु
सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला
प्रतिकृया दिनुहोस