एसईईको पहिलो दिन सिन्धुली बाट ५ हजार २ सय ४४ बिद्यार्थीले परिक्षा दिए

RadioSiddhababa

 

सिन्धुली, चैत १५, २०८० बिहिबार ।


माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि शुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयमा सिन्धुली जिल्ला बाट २ हजार ४ सय ५० छात्र र २ हजार ७ सय ९४ छात्रा गरि ५ हजार २ सय ४४ बिद्यार्थीले परिक्षा दिएका छन् । परिक्षामा ५१ जना छात्र र २० जना छात्रा गरि ७१ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ । परिक्षाको लागि २५ वटा परिक्षा केन्द्र तोकिएको छ ।


यस बर्ष सिन्धुली जिल्ला बाट सामुदायिक तर्फ १ सय २३ र संस्थागत तर्फ २२ गरी १ सय ४५ वटा विद्यालयहरु एसइईमा सामेल भएका छन् । एसइई को लागि केन्द्राध्यक्ष २५ जना, सहायक केन्द्राध्यक्ष ३३ जना, निरीक्षक २ सय ६७ जना, परीक्षा सहायक ५२ जना, सहयोगी कर्मचारी १ सय ४ जना र सुरक्षाकर्मी ३ सय ७५ गरी ८ सय ५६ जना जनशक्ति प्रत्यक्षरुपमा परीक्षामा संलग्न हुने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ । एसइई परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने छ । 


यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली पनि लागू हुँदैछ । जसमा कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्छ ।  सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन । 


दुईं विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईंभन्दा बढी एनजी आए अर्काे वर्ष मात्रै ती विषयको परीक्षा दिनुपर्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो । २०७६ देखि विद्यालय तह कक्षा १ देखि १२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्याङ्कनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला