२ दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षमता विकास तालिम गोलन्जोर गाउँपालिकामा सम्पन्न

RadioSiddhababa

 

सिन्धुली, चैत १४, २०८० बुधबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिकामा किशोर किशोरीहरुलाई २ दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षतामता विकास तालिम आज सम्पन्न भएको छ । बागमति प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग, गोलन्जोर गाउपालिकाको समन्वय तथा सहजिकरण र राइज नेपालको आयोजनामा गोलन्जोर गाउापालिकाका किशोर किशोरीहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको हो ।


गोलन्जोर गाउँपालिकाका किशोर किशोरहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धित क्षमता विकास गरि समाज यौन तथा प्रजनन् स्वास्थ्य समवन्धित समस्याहरुलाई न्यूनिकरणका साथ साथै जनचेतनामा वृद्धि गर्ने तालिमको मुख्य उदेश्य रहेको छ । तालिममा गोलन्जोर गाउँपालिकाका ७ वटै वडा बाट ७० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

 


कार्यक्रमको अवसरमा वागमति प्रदेशसभा सदस्य सुष्पा भुजेलले समाजमा चल्दै आएको कुरिति र कुप्रथाको अन्त्य गर्ने उदेश्यले तालिमको आयोजना गरेको बताउनुभयो । अहिलेको समाज प्रविधिको समाज भएको र किशोर किशोरीहरु परिवर्तका संवाहक भएकाले यस विषयमा किशोर किशोरीहरुलाई क्षमता वान वनाएमा समाजमा वाल विवाह, महिला हिंसा, यौनजन्य हिंसा, सामाजिक हिंसा, कुप्रथा तथा शारिरिक हिंसाको न्युनिकरण गर्न सकिने भएकोले वागमति प्रदेश सरकारले लक्ष्य लिएको बताउनुभयो ।

 


त्यस्तै गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज वरालले यस तालिमले पालिकामा बाल विवाह, महिला हिंसा न्युनिकरण गर्न सहयोग हुने र यस्ता कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा पनि रहेको वताउनुभयो । राईज नेपाल सिन्धुलीका अध्यक्ष देव कुमार श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा वागमति प्रदेशसभा सदस्य सुष्पा भुजेलको प्रमुख आतिथ्यता गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज वराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानको विशिष्ट आतिथ्यता तथा गोलन्जोर गाउँपालिकाका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवं् प्रतिनिधिहरुहरुको उपस्थिती रहेको थियो । 


तालिमको सहजिकरण गोलन्जोर गाउपालिका स्वास्थ्य शाखामा कार्यरत मिन वहादुर आछामि र तारा वहादुर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिन वहादुर राय ले गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला