गोलन्जोर गाउँपालिका १ स्थित रिठ्ठाबोटेका आगलागि पिडित लाई सहयोग रकम हस्तान्तरण

RadioSiddhababa

 

सिन्धुली, चैत १३, २०८० मंगलबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिका १ स्थित रिठ्ठाबोटेका आगलागि पिडित लाई सहयोग रकम हस्तान्तरण गरिएको छ । आगलागि पिडित स्थानीय जगदिश चौहानलाई सिन्धुली नव सिर्जनशिल संजालले ५५ हजार ६ सय सहयोग रकम हस्तान्तरण गरेको हो । चैत १ गते सिन्धुली नव सिर्जनशिल संजालका सदस्य सुवास चौहानको घरमा आगलागि हुदाँ ३ वटा घर पूर्णरुपले जलेर नष्ट भएको थियो ।

 
यस दुखद घडिमा सहायता गर्ने उदेश्यले आगलागि पिडित चौहानको परिवालाई सहयोग गर्न चलाएको ३ दिनको सहयोग अभियान मार्फत संकलन भएको रकम सुवास चौहानको बुबा जगदिश चौहानलाई हस्तान्तरण गरिएको सिन्धुली नव सिर्जनशिल संजालका उपाध्यक्ष दिपक पहाडीले जानकारी दिनुभयो ।

 
गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोम प्रसाद बराल लगायतको रहोवरमा सहयोग रकम हस्तान्तरण गरिएको उहाँको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला