एसइई परिक्षा लाई मर्यादित बनाउन शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको आग्रह

RadioSiddhababa

 

सिन्धुली, चैत १३, २०८० मंगलबार ।

 

चैत १५ गते बाट सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा एसइई २०८० लाई मर्यादित बनाउन शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले आग्रह गरेको छ । चैत १५ गते देखि देशभर सञ्चालन हुने एसइई लाई मर्यादित बनाउन सम्पूर्ण निकायलाई अनुरोध गरिएको हो । यस बर्ष सिन्धुली जिल्ला बाट सामुदायिक तर्फ १ सय २३ र संस्थागत तर्फ २२ गरी १ सय ४५ वटा विद्यालयहरु एसइईमा सम्मिलित हुदैछन । 


एसइईमा सवै धारका गरि महिला २ हजार ८ सय १५ र पुरुष २ हजार ५ सय गरी ५ हजार ३ सय १५ जना विद्यार्थीहरु सामेल हुने शिक्षा विज्ञान तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ । जसमा नियमित साधारण तर्फका ५ हजार १ सय ४६ जना, प्राविधिक तर्फका १ सय ६९ जना र ग्रेड बृद्धि तर्फका २६ जना परिक्षार्थी परिक्षामा सामेल हुने छन् । सामुदायिक विद्यालय बाट ४ हजार ७ सय ५६ जना विद्यार्थी एसइईमा सामेल हुँदैछन । जसमा २ हजार ५ सय ८० जना महिला र २ हजार १ सय ७६ जना पुरुष छन् । त्यस्तै संस्थागत विद्यालय बाट ५ सय ५९ जना विद्यार्थी सामेल हुने विद्यार्थीहरुमा ३ सय २४ जना पुरुष र २ सय ३५ जना महिला रहेका छन् ।


यसैबिच एसइई को लागि २५ वटा परिक्षा केन्द्र तोकिएको छ । एसइई को लागि केन्द्राध्यक्ष २५ जना, सहायक केन्द्राध्यक्ष ३३ जना, निरीक्षक २ सय ६७ जना, परीक्षा सहायक ५२ जना, सहयोगी कर्मचारी १ सय ४ जना र सुरक्षाकर्मी ३ सय ७५ गरी जम्मा ८ सय ५६ जना जनशक्ति प्रत्यक्षरुपमा परीक्षामा संलग्न हुने शिक्षा विज्ञान तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला