समता स्कूलको सातौ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न 

RadioSiddhababa

 

सिन्धुली, चैत १०, २०८० शनिबार ।


सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ धुराबजारमा रहेको समता स्कूलको सातौ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आज शनिबार सम्पन्न भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कुमार थापाले समता स्कुलले सस्तो सुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गरिरहेकाले स्कुलको विकासका लागि वडा सदैव सहयोगका लागि तत्पर रहेको बताउँनुभएको छ । बिद्यालयले उदारणिय काम गरेको बताउदै विद्यालयमा शिक्षक मात्रैले पढाएर नहुने र अभिभावकहरु पनि शिक्षक जतिकै जिम्मेवारी बन्नुपर्ने उहाँले बताउँनु भयो । साथै, उहाँले विद्यार्थीलाई संस्कार सहितको उत्कृष्ट शिक्षा दिनुपर्ने बताउनु भयो । 


कार्यक्रममा विद्यालयको भवन निमार्णका लागी सहयोग गर्नुहुने दाताहरुलाई सम्मान पत्र पदान गरिएको थियो । बिभिन्न सास्कृति प्रस्तुती सहित संचालित कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कक्षा ७ सम्म पढाई हुदै आएको समता स्कुलमा २ सय ३२ जना बिद्यार्थी अध्यनरत रहेका छन् ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला