सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन
सिन्धुली, माघ १५, २०८० सोमबार ।
सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा संचालित प्रतियोगिताको सिन्धुली क्षेत्र नंं. २ का प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल राजनले उद्धघाटन गर्नुभएको हो । जिल्लाका बिभिन्न पालिकाका खेलाडी सहित बाजागाजा सहित र्याली निकाली बजार परिक्रमा पश्चात प्रतियोगिताको उद्धघाटन गरिएको छ ।
उद्धघाटन कार्यक्रमको अवसरमा प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले खेलमा अनुशासन महत्वपूर्ण भएकाले खेलले अनुशासनको विकास गर्ने बताउनुभएको छ । खेलमा सफलता र असफलता दुबै भएकाले जस्ले प्रतिष्पर्धा लाई स्वीकार गर्छ त्यो नै सफल खेलाडी हुने उहाँको भनाई छ ।
सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिएको बताउदै खेलाडी हरुलाई उत्साहित र प्रोत्साहित बनाउन महत्वपूर्ण बजेट बिनियोजन गरिएको उहाँले बताउनुभयो । साथै खेलाडीको उत्साह र उर्जालाई देशको उत्साहमा परिणत गर्न स्थानीय, प्रदेश र संघिय सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ ।
उद्धघाट कार्यक्रमको अवसरमा प्रथम बागमति प्रदेश खेलकुद प्रतियोगितामा बिभिन्न बिधाका खेलमा बिभिन्न स्थान हासिल गर्ने खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । आज देखि सुरु भएको प्रतियोगिता माघ १७ गते सम्म संचालन हुने छ । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते, तेक्वान्दो, कबड्डी र उसु खेल खेलाइनेछ ।
कमलामाई नगरस्तरीय चौथो मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० लाई
सिन्धुली, बैशाख ४, २०८१ मंगलबार । कमलामाई नगरपालिका सिन्धुलीको चौथो नगरस्तरीय मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी कमलामाई नगरपालिका
कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई
सिन्धुली, चैत १०, २०८० शनिबार सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल
कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि प्रथम
सिन्धुली, माघ १३, २०८० शनिबार । कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि माढीबजारले प्रथम स्थान हासिल गरेको छ ।
प्रतिकृया दिनुहोस