नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भदौ २७ गते सिन्धुली आउनुहुने

RadioSiddhababa

सिन्धुली, भदौ २५, २०८० सोमबार ।

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भदौ २७ गते सिन्धुली आउनुहुने भएको छ । जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले आयोजना गर्न लागेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्न उहाँ सिन्धुली आउनलाग्नु भएको हो । 


जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले भदौ २७ गते “वि.पि. को प्रजातान्त्रिक समाजवाद ः अभ्यास चुनौती र सम्भावनाहरु” बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा महामन्त्री शर्मा संगै केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यले समेत सम्बोधन गर्नुहुने छ । 


नेपाली कांग्रेसले जिल्ला ब्यापी कांग्रेस पार्टीको अवधारणा, शिद्धान्त, स्पष्टता, ऐतिहासिक पृष्ठभुमी, बिकास निर्माण प्रकृयामा अग्रसरता तथा समग्र कांग्रेसको नेतृत्व बिकासमा चुस्तता ल्याउन १५ सदस्यीय जिल्ला प्रशिक्षण शाखा गठन गरेको नेपाली कांग्रेस सिन्धुलीका उप सभापति तथा प्रशिक्षण शाखा प्रमुख दिपक कुमार घिमिरले जानकारी दिनुभयो ।  


जिल्ला प्रशिक्षण शाखाले जिल्ला भरका बिभिन्न तहमा प्रशिक्षण तथा बिविध प्रकारका गोष्ठी सेमिनार र सभा सम्मेलन गर्ने उहाँले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व