राष्ट्रिय स्वतन्त्र पार्टी तीनपाटन गाउँपालिका सिन्धुलीको वडा भेला सम्पन्न 

RadioSiddhababa

 

सिन्धुली, भदौ २५, २०८० सोमबार ।


राष्ट्रिय स्वतन्त्र पार्टी तीनपाटन गाउँपालिका सिन्धुलीको वडा भेला सम्पन्न भएको छ । सोमबार तीनपाटन गाउँपालिकाको चकमके बजारमा पालिकाको ११ वटै वडाको संयुक्त वडा भेला सम्पन्न भएको हो ।


वडा भेलामा वडा पदाधिकारी चयन सँगै पार्टी सुदृढीकरणको विषयमा छलफल भएको रास्वपाको काठमाडौँ तीनपाटन सम्पर्क मञ्चका सभापति निसान बुढाथोकीले जानकारी दिनु भएको छ । साथै भेला मार्फत पार्टीको आगामी रणनीति तथा कार्य योजनामा समेत छलफल भएको बुढाथोकीले बताउनु भयो । वडा भेला राष्ट्रिय स्वतन्त्र पार्टी तीनपाटन गाउँपालिका सिन्धुलीका सभापति धिरेन तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

 

भेला कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति धनेन्द्र कार्की, क्षेत्रीय सदस्य पुष्प बहादुर तामाङ, काठमाडौँ तीनपाटन सम्पर्क मञ्चका सभापति निसान बुढाथोकी, रास्वपाका दुधौली नगरपालिका सभापति विजय कार्की लगायत रास्वपाका तीनपाटन गाउँपालिका पदाधिकारी लगायत पालिकाको बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा युवाहरूको उपस्थिति रहेको थियो ।    
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व