राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौ जिल्ला अधिवेशनको उद्धघाटन

RadioSiddhababa

सिन्धुली, भदौ १७, २०८० आइतबार । 


राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौ जिल्ला अधिवेशनको उद्धघाटन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका संयोजक मिजास कार्कीको अध्यक्षता, नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यता, राष्ट्रिय युवा संघ नेपालका कार्यवाहक अध्यक्ष पुष्प श्रेष्ठको बिशिष्ट आतिथ्यतामा जिल्ला अधिवेशनको उद्धघाटन गरिएको हो । 


कार्यक्रमको अवसरमा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले प्रचण्डले भष्ट्राचारको फाईल खोल्दै जाँदा आफ्नै अनुहार देखेकाले फाईल अगाडि बढाउन डराएको बताउनु भएको छ । अझै फाईल खोल्दै जाने हो भने आफु र आफु मातहतका सबैको नाम अगाडि आउने डर प्रचण्डलाई भएको समेत उहाँले बताउनु भयो । साथै प्रचण्डको फाइल वाला फील्म पहिलो भाग बियोगान्त हिसाबले सकिन लागेको र यसको दोस्रो भाग नेकपा एमालेले बनाउने र यसका खलनायक हरु पहिचान गरि आधुनिक जेल बनाएर राख्ने उहाँको भनाई छ ।

 


 

प्रधानमन्त्री प्रचण्डले एमालेलाई फसाउन खोलेको फाईले आफैलाई फसाउने समेत दावि गर्नु भयो । नेकपा एमाले कोहि कसैसंग नडराउने र सत्यको पछि सधै लागिरहने उहाँको भनाई छ । माओवादि पार्टिमा अराजकता देखाउने नेता कार्यकताको एक एक हिसाब किताब आफु संग रहेकाले अब त्यस्ता नेता कार्यकतालाई नछाड्ने उहाँले बताउनु भयो ।


कसैले आफ्नो सस्तो लोकप्रियताका लागि लगाएको आरोपले नेकपा एमाललेलाई कुनै समस्या नपर्ने र गलतलाई गलत र सहिलाई निर्धक भएर सामाजिक सन्जालमा कुनै डर नमानि ब्यक्त गर्न समेत उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कसैले धम्क्याएको भरमा नेकपा एमालेका कार्यकता नडराउने र सँधै विचार र सिद्धान्तको पक्षमा अगाडि बढिरहने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय युवा संघ नेकपा एमालेको मेरुदण्ड भएकाले पद भन्दा पनि संघठनलाई बलियो बनाउन तर्फ लाग्न उहाँले सम्पुर्ण युवाहरुमा आग्रह गर्नुभएको छ । 
 

कार्यक्रममा राष्ट्रिय युवा संघ पछि दौडिने कुनै संगठन नभएको राष्ट्रिय युवा संघ नेपालका कार्यवाहक अध्यक्ष पुष्प श्रेष्ठले बताउनुभएको छ । नेकपा एमाले बाहेक अन्य पार्टिको विचार, सिद्धान्त नभएकाले अरु पार्टि, संगठनको पछि नलाग्न आग्रह गर्नुभयो । अहिले आएका नयां पार्टिले सामाजिक सन्जाल प्रयोग गरि आफुलाई ठूलो पार्टि भन्ने गरेको समेत उहाँले आरोप लगाउनु भयो । समाजमा हुने हरेक गतिविधि र राम्रा काममा संधै युवा संघ अगाडि रहेको र युवाहरुको समग्र आवाज बोल्ने पार्टि भनेको नै युवा संघ रहेको समेत बताउनुभयो ।

 


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व