सिन्धुली सहित देशभर ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

RadioSiddhababa


कात्तिक ११, सिन्धुली – सिन्धुली सहित देशभर आईतबार बाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन भएको छ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा हर प्रहर गाउँ र नगर टोल टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ कार्यक्रकम सञ्चालन गरेको हो ।
 सिन्धुलीमा पनि जिल्ला प्रहरी कार्यालयको  प्राङगणमा  शान्तीपुर्ण एव् सुरक्षित समाजको लागी समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गरिएको छ । नेपाल सरकार गृह मन्त्रालय अन्र्तगत प्रहरी प्रधान कार्यलयको आयोजना तथा  ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली र सिन्धुलीका ९ वटै स्थानीय तहको संयोजकत्वमा शान्तीपुर्ण एव् सुरक्षित समाजको लागी समुदाय प्रहरी साझेदारी कार्यक्रमको समुद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तर देखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने प्रहरीको अवधारणामा उल्लेख गरिएको छ । 

सिन्धुलीका कामु प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकको थियो।
कार्यक्रममा प्रजिअ ढकालले सामुदायिक प्रहरी सेवालाई साधुरो अर्थमा हेरिएको भएपनि अबका दिनमा यो सेवा प्रभावकारी र सेवामुखी ढंगबाट अगाडी बढाउने पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले पछिल्लो संरचना प्रणालिले गाउँपालिका, वडा स्तर सम्म सामुदायिक प्रहरी सेवा पु¥याउन आवाश्यक भएको समेत बताउनु भयो ।

कार्यक्रममा महिला अधिकारवादी तथा नेत्री सुशीला थिङ, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम बहादुर हायु लगाएतका वक्ताहरुले समेत मन्तब्य राख्नु भएको थियो । भने उदघाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई प्रहरी उपरिक्षक रामेश्वर यादवले स्वागत गर्नुभएको थियो 

 कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी सँघसँस्थाका प्रमुख तथा प्रतिनिधि र जिल्लाका अन्य सरोकारवालाको उपस्थिती रहेको थियो । 
 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा