अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

RadioSiddhababa

 

सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार ।


अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ  । कमलामाई नगरपालिकाको आयोजनामा निमित्त प्रमुख प्रशासकिय अधिकृत शंकरराज लुइँटेलको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो । 


कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा नगर शिक्षा अधिकारी शंकरराज लुईटेलले कार्यक्रमको उद्देश्य, रणनीति, कार्यक्रम संचालन कार्यविधि र सामुदायीक विद्यालयमा बालमनोज्ञानमा प्राथमिकता रहने गरि कानुनी व्यवस्था समेतलाई पालना गरि वडा स्तरिय शिक्षा समितिले समेत कार्यान्वयन गर्ने प्रस्तावना पत्रमा प्रस्तुत गर्नुभएको छ ।


कार्यक्रमको अवसरमा नगर प्रमुख पोख्रेलले सामुदायिक विद्यालयमा भएको लगानीमा आजको प्रस्तावना पत्रले थप उच्च रहने तथा सामुदायीक विद्यालयहरुले प्रगती देखाउने र बालमैत्री व्यवहार बाट अगाडि बढाउने निर्देशन दिनुभएको छ । 


कार्यक्रमको सहजीकरण डा. हरि प्रसाद पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा कमलामाई नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा अधिकृत, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

जिल्ला समन्वय समिति तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

  सिन्धुली, बैशाख १९, २०८१ बुधबार । जिल्ला समन्वय समिति सिन्धुली तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग

RadioSiddhababa

जनता संग सांसद कार्यक्रम मार्फत नागरिकको घरदैलोमा पुग्दै सांसद भुजेल

सिन्धुली, बैशाख १६, २०८१ आइतबार । सामान्यतया चुनावको समय पारेर नागरिकको घरदैलोमा पुग्ने संस्कार नेपालमा रहेको छ । चुनावको समयमा नागरिकको घरदैलोमा