कृषि विकास कार्यालय तथा पशु विकास कार्यालय सिन्धुलीको चालू आर्थिक बर्षको कार्यक्रमहरु सार्वजनिक 

RadioSiddhababa

सिन्धुली, साउन १७, २०८१ बिहिबार ।


कृषि विकास कार्यालय तथा पशु विकास कार्यालय सिन्धुलीले आ.व २०८०÷८१ मा सम्पन्न गरेको कार्यक्रमहरुको समिक्षा तथा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि स्विकृत भएको कार्यक्रमहरुको समिक्षा प्रस्तुत गरेको छ । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख र्कासाङ लामाको अध्यक्षता तथा बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रसाशन मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो । 


कृषि विकास कार्यालय सिन्धुली र पशु सेवा कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कृषि विकास कार्यालय तथा पशु विकास कार्यलयले आ.व २०८०÷८१ मा सम्पन्न भएको कार्यक्रमहरुको समिक्षा तथा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि स्विकृत भएको कार्यक्रमहरुको समिक्षा प्रस्तुत गरीएको छ । कृषि विकास कार्यालय सिन्धुलीले आ.व २०८०÷८१ मा कृषक बर्गलाई सेवा पु¥र्याउन अघिल्लो स्थानमा रहदै कृषकहरुलाई कृषि उत्पादन गर्ने, रोजगारीमा वृद्धि गर्ने, उद्योग स्थापना गर्ने काम गरेको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण खनालले बताउनु भयो । 

 

त्यस्तै अघिल्लो आ.व मा कुल सात करोड पाँच लाख छत्तीस हजार बजेट विनियोजन भएकोमा पाच करोड खर्च भएको र २०८१÷८२ मा पुँजीगत र्खच ६६ लाख चालु र्खच तर्फ ६ करोड ३४ लाख ७९ हजार विनीयोजन भएको र संघिय शर्सत कार्यक्रम अन्तर्गत ९ लाख ५० हजार गरि ७ करोड १० लाख २९ हजार बजेट कृषि विकास कार्यालयलाई आएको कार्यालयका प्रमुख खनालले बताउनुभयो । अघिल्लो बर्षको भन्दा यो बर्ष कृषक हरुलाई कृषि तर्फ आकर्षित गर्न सबै क्षेत्रबाट लगि पर्नु पर्ने उहाँको भनाई छ । 


त्यस्तै पशु विकास कार्यालयले गत आ.व मा एकल महिला दलित पिछडीएको महिला पशुमा आधारीत कार्यक्रमहरु गरेको पशु विकास कार्यालयका प्रमुख प्रभात न्यौपानेले बताउनु भयो । त्यस्तै धान क्षेत्रमा प्रोत्सान गर्न लम्पी रोग नियन्त्रण सम्बन्धी कार्यक्रम गरेको उहाँको भनाई छ । कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रसाशन मन्त्री सुकुमाया तामाङले कृषीमा विकास गर्र्नेको लागी विनीयोजन गरेको रकम सत प्रतीशत खर्च गर्न सम्बन्धीत कार्यालयलाई निर्देशन कार्यालयहलाई गर्न आग्रह गर्नुभएको छ ।

 

कृषिमा परेको योजनाहरु सहि पहिचान गर्न नसकेको कारण, बजारीकरणको राम्रो व्यवस्थापन गर्न नसकेको कारणले किसानहरु निरुत्साहि भएको र बैदेशिक रोजगारको लागि जानुपर्ने बाध्यता भएको हुदा यस्तो अबस्था आउन नदिनको लागी विनीयोजन भएको रकमहरुको आवश्यकताको पहिचान गरी कार्यक्रम दिन अनुरोध गर्नुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले कृषि, पशुपालन गर्ने किसानको क्षेत्रलाई प्रभाबकारी बनाउनको लागि राज्यले पनी लागी पर्नु पर्ने, जनप्रतिनिधिहरु पनी कृषि क्षेत्रको काममा हुनु पर्ने बताउनुभयो ।


कार्यक्रममा कागमती प्रदेश सभा सदस्य मातृका भट्टराई, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल, दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी, जिल्ला समन्वय समतिकी उप्रमुख शान्ता कार्की, विभिन्न गाउँपालिकाको प्रमुख तथा उपप्रमुख, पालिकाका कृषि, पशु शाखाका प्रमुख तथा प्राबिधिकहरु लगायतको उपस्थीति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने

सिन्धुली, कात्तिक १३, २०८१ मंगलबार । सिन्धुलीमा रातको १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली हरुको

RadioSiddhababa

सिन्धुली कलाघरको मेची महाकाली अभियान सुरु

सिन्धुली, कात्तिक १२, २०८१ सोमबार । सिन्धुली कलाघरले मेची महाकाली अभियान सुरु गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा निर्माणाधीन

RadioSiddhababa

कुशेश्वर मन्दिर परिसरमा रहेको गुरुकुलका बटुकहरुलाई भगवती मा.वि. द्धारा खाद्यान्न सहयोग 

सिन्धुली, कात्तिक ११, २०८१ आइतबार । सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित आदीलिङ्ग कुशेश्वर महादेव मन्दिर दुम्जा परिसरमा रहेको गुरुकु्लका