बाबुको मुख हेर्ने दिन
देबिका मगर, सिन्धुली
माता तिर्थ औशीको दिन फुपुहरु आमाको मुख हेर्न भनेर आउनु हुन्थ्यो । झोलामा अनेक सामानहरु लिएर आउनुहुन्थ्यो । मिठा मिठा खाने कुरा, नयाँ नयाँ कपडा , हजुरआमालाई चुरा धागो लागाई दिएर नरिवलमा गाईको दुध राखेर खुवाउनु हुन्थ्यो । यस्तो के गरेको होला भनेर वरिपरि घुमी घुमी हेर्थँे । मेरो आमालाई चाहि किन त्यस्तो नगरेको होला भनेर पनि सोच्थेँ । अनि ठुला बा का छोरीहरु पनि त्यसै गरि आउथे । आमालाई फरिया, चोली,चुरा ,धागो,टिका लागाई दिएर चिटिक्क बनाई दिन्थे, तर मेरो घरमा त मेरी आमालाई सृङ्गार गरी दिने कोहि थिएन । म सानै थिएँ । आमालाई यसरी नयाँ लुगा ,चुरा,धागो पै¥याएर मुख हेरिन्थ्यो तर बा को मुख हेर्ने दिन चाहि कहिले आउने रहेछ भनेर मैले थाहा पाईन । किनकी हाम्रो घरमा हजुरबुबा हुनुहुन्नथ्यो र फुपुहरु पनि आउनुहुन्नथ्यो त्यसैले पनि होला मलाई बाबुको मुख हेर्ने दिन पनि हुन्छ भनेर थाहा नभएको । एक पटक ठुलीआमाको छोरी बिबाह भएको पहिलो बर्ष बुबाको मुख हेर्न भनेर आईन् तब देखि थाहा भयो कि बाबुको मुख हेर्ने दिन पनि रहेछ भनेर । नभए त आमाको मात्र मुख हेर्ने दिन हुने रहेछ भनेर बुझ्थँे ।
सानो बेलामा यी पर्वको महत्व नबुझे पनि यस्ता पर्वहरु आईरहोस् जस्तो लाग्थ्यो । घरमा पाहुना आउदा मिठो मसिनो खानेकुराहरु खान पाईन्थ्यो त्यसैले पनि रमाईलो लाग्थ्यो, तर यसको महत्व पनि उत्तिकै रहेछ । माता तिर्थ औसीमा आमालाई सम्झने, गुरु पुर्णिमाको दिन गुरुलाई सम्झना गर्ने जस्तै आज कुशे औशीको दिन बुबाको सम्झना गर्ने गरिन्छ । सानो बेलामा आफ्ना छोराछोरीहरुलाई बाबुआमाले गरेको हेरबिचार ,स्याहार सुसार, ऋणधन गरेर पठनपाठन गराउने बाबु भगवानका एक अबतार हुन् । त्यसैले पनि यो दिनमा आफ्ना बाबुलाई मिठा मिठा परिकार खुवाएर आदर, सम्मान माया गर्ने गरिन्छ । तर उनिहरुलाई एक दिनको सम्झना, सम्मान र मायाले मात्रै पर्याप्त हुदैन । हामीले आफ्ना बाबुआमालाई एक दिन सम्झेर,एक दिन सम्मान गर्दैमा हाम्रो कर्तब्य पुरा भएको हुदैन ।
जसरी हामीलाई बाबु आमाले हाम्रा खुसी, चाहनालाई पुरा गर्न कुनै कसर छोड्नु भएन, दिनरात नभनी दुख गरेर हुर्काई बढाई,पढाई गरिदिनु भयो सुरक्षा दिनुभयो । भर्खर खुट्टा टेकेर उभिन लाग्दा खुसिले गद्गद् हुने बाबुआमा , हात समाएर ताते - ताते गरेर हिड्न सिकाउनुभयो । त्यहि माया ममताले आज हामी युवा अबस्थामा छौ । अबको हाम्रो दायित्व र कर्तब्य भनेको बाबुआमाको अनुहारमा हासो, खुसिको चमक ल्याउनु हो,बाबुआमाको मन नदुखाउनु हो । बुढेशकालको बलियो लाठी बन्नु हो ।
आजको दिन बुबाको भौतिक उपस्थिती हुने छोराछोरीले उहाँको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका बाबुरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्ता पवित्र तिर्थस्थलमा पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी सम्झना गर्ने गर्दछन् ।
समयको अभावको बाहानामा बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ तर बुवालाई हेला गर्ने र चित्त दुखाउने काम कदापी राम्रो होईन । सबैको भागमा बाबुआमा लेखिएको पनि हुदैन र हुनेहरुले पनि समय अभाबका कारण देखाई बाबुआमालाई अलग नबनाऔ । हामी पनि एकदिन वावु या आमा हुन्छौं तसर्थ हामीले जे गर्छाैं त्यही नै आफ्ना भावी सन्ततीबाट पछि प्राप्त गर्दछौं, आउँदा पुस्ताहरुमा पनि बाबुप्रतिको माया मोह भावना अझ प्रगाढ पार्न आजका पुस्ताले बाबुप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दै गएको छ ।
‘सरकार छ,न्याय छैनन्’–किशोरी स्वस्तिका
सिन्धुली –मेरो अधिकार छ । तर कहाँ छ ? म एउटा छोरी मान्छे,म किन सुरक्षित छैन् ? म कुन ठाउँमा सुरक्षित छु भन्ने मलाई थाहा छैनन् । हजारौं सपना छन् । तर मेलै
बालिका हिंसा न्युनिकरणको लागि जुटौँ
सिन्धुली–अक्टुबर ११ तारिख बालिका दिवस, यस बर्षको नारा मेरो आवाज हाम्रो समान भबिष्य भन्ने रहेको थियो । समय र प्राविधिको परिवर्तन संगै बर्तमान
मिडियामा समान सहभागिता हुनुपर्छ ः किशोरी सिर्जना
सिन्धुली–विगतदेखि वर्तमानसम्मको परिस्थितिलाई दृष्टिगत गर्दा समाचारमा मात्र नभइ जुनसुकै क्षेत्रमा पनि महिला र पुरुषविच असमानता नै देखिन्छ ।
प्रतिकृया दिनुहोस