‘सरकार छ,न्याय छैनन्’–किशोरी स्वस्तिका

RadioSiddhababa

सिन्धुली –मेरो अधिकार छ । तर कहाँ छ ? म एउटा छोरी मान्छे,म किन सुरक्षित छैन् ? म कुन ठाउँमा सुरक्षित छु भन्ने मलाई थाहा छैनन् । हजारौं सपना छन् । तर मेलै आफ्नो स्वतन्त्रताको पुर्ण रुपमा प्रयोग गर्न पाएको छैनन् । दिन प्रतिदिन बढिरहेका हिंसाहरुले कता कता आफुमा एउटा भय उत्पन्न भएको छ । 


घरमा बस्दा पनि एक प्रकारको डर महशुस गराउँछ । मन अर्को तिर ढुलाउन मोबाईल चलायोे त्यहाँको गतिविधि र महिला,बालबालिका तथा किशोरीहरुलाई एउटा मनोरञ्जनको साधनकोे रुपमा प्रयोग गरेको देख्दा कता कता मन दुखेर आउँछ । 


समाजमा हिंसाले विकराल रुप लिएको छ । बालबालिका,किशोरी महिलाहरु सुरक्षित छैनन् । हाम्रो सरकार छ । तर कस्तो छ,भनी पीडितले अनुभुती गर्न सकेका छैनन् । पीडितलाई न्याय भन्दा पनि पीडितलाई सहानुभुती प्रकट गरिरहेको देख्दा धिकार लाग्छ । मैले भन्न खोजेको मेरो यति सुन्दर देश नेपालमा ‘सरकार छ,न्याय छैनन्’ । 


पीडितले न्यायका लागी संर्घष गरिरहेका छन् । यो संर्घष,त्याग हामीले कहिले सम्म गर्ने ? दुधे बालिका देखि बृद्धा आमाले कहिलेसम्म बलात्कृत हुनु पर्ने ? कहिलेसम्म फुल्दै गरेका कोपिला चुडिनु पर्ने ? अत्ति भयो । सरकार ! हाम्रो जिवनरक्षाका लागी अव त संवेदशिल हौँ ।  


नोट ...लेखक–किशोरी स्वस्तिका बख्रेल हुनुहन्छ । उहाँ साहारा किशोरी संजाल रानीवासको संयोजक हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाबुको मुख हेर्ने दिन 

  देबिका मगर, सिन्धुली माता तिर्थ औशीको दिन फुपुहरु आमाको मुख हेर्न भनेर आउनु हुन्थ्यो । झोलामा अनेक सामानहरु लिएर आउनुहुन्थ्यो  । मिठा मिठा खाने

RadioSiddhababa

बालिका हिंसा न्युनिकरणको लागि जुटौँ

 सिन्धुली–अक्टुबर ११ तारिख बालिका दिवस, यस बर्षको नारा मेरो आवाज हाम्रो समान भबिष्य भन्ने रहेको थियो ।  समय र प्राविधिको परिवर्तन संगै बर्तमान

RadioSiddhababa

मिडियामा समान सहभागिता हुनुपर्छ ः किशोरी सिर्जना 

सिन्धुली–विगतदेखि वर्तमानसम्मको परिस्थितिलाई दृष्टिगत गर्दा समाचारमा मात्र नभइ जुनसुकै क्षेत्रमा पनि महिला र पुरुषविच असमानता नै देखिन्छ ।