सिन्धुलीमा विमानस्थल निर्माण हुने

RadioSiddhababa

सिन्धुली–सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण हुने भएको छ । कमलामाई नगरपालिका ८–सिस्नेरीमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको हो । विमानस्थल निर्माणस्थल सिन्धुलीमाढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट ६ किलोमिटर दूरीको बीचमा वीपी राजमार्गसँग जोडिएको छ । विमानस्थल निर्माणमा लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेटसमेत छुट्याएको छ ।


नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा विमानस्थल निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)का लागि बजेट व्यवस्था गरेको जनाएको छ ।  प्राधिकरण महानिर्देशक राजन पोखरेलले विमानस्थल निर्माणका लागि चालू आर्थिक वर्ष  भित्र वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्ने गरी बजेट छुट्टाईएको बताउनुभयो । 


‘विमानस्थल निर्माणका लागि प्राधिकरणले विस्तृत अध्ययन समेत गरिसकेको छ । अध्ययनमा कमलामाई नगरपालिका ८–सिस्नेरीमा विमानस्थल निर्माण गर्न सम्भव भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विस्तृत अध्ययनका आधारमा चालू आर्थिक वर्षभित्रै इआइए रिपोर्ट तयार गर्न २६ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको श्रेष्ठ ट्रेडर्सबाट लिन सकिन्छ टिभिएस अपाचे आरटिआर २०० ४ भि एवीएस विथ स्मार्ट बाईक

सिन्धुली–विश्व प्रसिद्ध टिभिएस मोटर कम्पनीले विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट नयाँ बाइकलाई नेपाल स्थित उक्त

RadioSiddhababa

सिन्धुलीका एक हजार वाट सम्मका रेडियो दर्ता तथा नवीकरण हेटौँडामा

सिन्धुली–एफएम रेडियो,टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण बागमती प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालयमा गर्नुपर्ने भएको छ । एक

RadioSiddhababa

सिन्धुली अस्पतालमा टोकन प्रणाली लागु

सिन्धुली–सिन्धुली अस्पतालमा आइतबारदेखि बिरामीलाई सुविधाका लागि विद्युतीय टोकन प्रणाली लागु भएको छ । कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रीले