सिन्धुलीका एक हजार वाट सम्मका रेडियो दर्ता तथा नवीकरण हेटौँडामा

RadioSiddhababa

सिन्धुली–एफएम रेडियो,टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण बागमती प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालयमा गर्नुपर्ने भएको छ । एक सय देखि एक हजार वाट सम्मका एफएम रेडियो, स्याटेलाइट बाहेकका टेलिभिजन, अनलाईन दर्ता र नवीकरण गर्न सञ्चार रजिष्ट्रार कार्यालयमा पुग्नुपर्ने भएको हो । 


तर एक सय वाट भन्दा कम वाट का एफएम रेडियो भने सम्बन्धित स्थानीय तहमा दर्ता हुने सञ्चार रजिष्ट्रार कार्यालयले जनाएको छ । अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण पनि सञ्चार रजिष्ट्रारको कार्यालयबाट हुने बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो ।


 सञ्चार सरोकारवालाहरुसंग श्रमजिवी पत्रकार ऐन कार्यान्वयन र कार्यालयको भावि योजना विषयक अन्र्तक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । गत असार ९ गतेको प्रदेश मन्त्रिपरिषदको बैठकले सञ्चारमाध्यम नियमावली ०७६ स्वीकृत गरेपछि प्रदेश अन्तर्गतका आमसञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।


प्रदेशको अधिकार तथा कार्य्विस्तृतीकरण अनुसार रेडियो, एफ एम, टेलिभिजन सञ्चालन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनको अधिकार प्रदेशलाई दिइएको थियो। प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक अनुगमन, प्रदेशस्तरीय रजिष्ट्रार र केवल वितरणको इजाजत, लगायतका अधिकार पनि कार्य्विस्तृतीकरणमा प्रदेशको अधिकार क्षेत्र भित्र तोकिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा विमानस्थल निर्माण हुने

सिन्धुली–सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण हुने भएको छ । कमलामाई नगरपालिका ८–सिस्नेरीमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको हो ।

RadioSiddhababa

सिन्धुलीको श्रेष्ठ ट्रेडर्सबाट लिन सकिन्छ टिभिएस अपाचे आरटिआर २०० ४ भि एवीएस विथ स्मार्ट बाईक

सिन्धुली–विश्व प्रसिद्ध टिभिएस मोटर कम्पनीले विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट नयाँ बाइकलाई नेपाल स्थित उक्त

RadioSiddhababa

सिन्धुली अस्पतालमा टोकन प्रणाली लागु

सिन्धुली–सिन्धुली अस्पतालमा आइतबारदेखि बिरामीलाई सुविधाका लागि विद्युतीय टोकन प्रणाली लागु भएको छ । कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रीले