डकर्मी तालिम सञ्चालन हुदै

RadioSiddhababa


सिन्धुली – सुरक्षित पुननिर्माणको लागि सिन्धुलीमा ५० दिने डकर्मी तालिम सञ्चालन भैरहेको छ । स्विस कन्ट्याक्ट अन्तर्गत जिल्लामा सञ्चालन भएको सुरक्षित पुननिर्माणको लागि सिप परियोजनाले तालिम सञ्चालन गरेको हो ।
 तालिम गोलन्जोर गाँउपालिकाको २, ४, ५, ६ र ७ नम्बर वडा ,मरिणगाँउपालिको १,  ५, ६ र ७ नम्बर वडा  र कमलामाई नगरपालिकाको १, २, र ४ नम्बर वडामा सञ्चालन भैरहेको छ ।  तालिममा कमलामाई नगरपालिकाका १५६ मरिणगाँउपालिकाका ७२ र गोलन्जोर गाँउपालिकाका ७२ जना गरी ३०० जना सहभागि रहेका छन् । ५० दिने  तालिम अबधिभर पुननिर्माण प्राधिकरण बाट छनोट भएर आएका  एकल महिला, अपाङ्गता भएका, असहाय र अति विपन्नहरुका ५० वटा भूकम्प प्रतिरोधि घर निर्माण गरिनेछ । जस अन्र्तगत कमलामाई नगरपालिकामा २६ मरिणगाँउपालिकाको १२ र गोलन्जोर गाँउपालिकाको १२ जना एकल महिला, अपाङ्गता भएका, असहाय र अतिविपन्न, जनाको घर निर्माण गरिनेछ । ति मध्ये हालसम्म सम्म  १९ घर निर्माण सम्पन्न भैसकेको सुरक्षित पुननिर्माणको लागि सिप परियोना सिन्धुलीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर