विपी राजमार्गमा बनेका संरचना हटाउने म्याद सकियो

RadioSiddhababa


पुस २७, सिन्धुली – धुलिखेल सिन्धुली बर्दिबास सडक आयोजनाले बीपी राजमार्ग अतिक्रमण गरी बनाइएका अस्थायी, स्थायी एवंम व्यक्तिगत संरचना हटाउन दिएको म्याद शुक्रबार बाट सकिएको छ । पुस १२ गते जिल्ला प्रशासन कार्यलय  सिन्धुलीमा सरोकारवालाबीच भएको  बैठकको निर्णय अनुसार सडक क्षेत्रबाट दाँया बाँया १५÷१५ मिटर भित्रको अस्थायी स्थायी एवंम व्यक्तिगत संरचना हटाउन सुचना जारी गरेको थियो ।
म्याद सकिए सँगै तोकिएको अवधि भित्र नहटाईएका संरचनालाई सार्वजनिक सडक ऐन २०३१ बमोजिम हटाईने र त्यसको खर्च समेत असुल उपर गर्ने गरी आयोजनाले सार्वजनिक सुचना नै जारी गरेको छ ।  तिहार अघि नै काभ्रे जिल्लामा पर्ने बीपी राजमार्गका अतिक्रमित संरचना आयोजनाले हटाईसकेको  छ ।
वि पि राजमार्ग अन्र्तगत सुनकोशी गाउँपालिका सिन्धुलीको वडा नम्बर १, २, ३, ५, ६ र ७ वडाका अतिक्रमित संरचना हटाईने छन् । यसैगरी, गोलञ्जोरका ५ र ७ नं. वडा र कमलामाई नगरपालिका २ देखि ९ सम्मका अतिक्रमित टहरा हटाइने धुलिखेल सिन्धुली बर्दिबास सडक आयोजनाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर