अन्तराष्ट्रिय जवाफदेही संयन्त्र विषयक २ दिने कार्यशाला गोष्ठी सिन्धुमाडीमा सूरु

RadioSiddhababa


पुस २, सिन्धुली – अन्तराष्ट्रिय जवाफदेही संयन्त्र विषयक २ दिने कार्यशाला गोष्ठी सिन्धुलीमाडीमा सोमबारबाट सूरु भएको छ । मानव अधिकारकर्मी, नागरिक समाज लगायत आमनागरिकलाई जवाफदेही बनाउने उद्देश्यले कार्यशाला गोष्ठी सूरु गरिएको होे ।
गोष्ठीको पहिलो दिन सोमबार मानव अधिकारका बारेमा जानकारी गरानुका साथै अन्र्तराष्ट्रिय जवाफदेही संयन्त्रको बारेमा जानकारी गराईएको छ । आर्थिक अधिकार, सामाजिक अधिकार, सास्कृतिक अधिकार, नागरिक अधिकार र राजनितीक अधिकार लगाएत विषयमा छलफल गरिएको थियो । मानव अधिकारकार, कार्यान्वयन र चुनौतीका बारेमा गोष्ठीका सहजकर्ताले विभिन्न खेलका माध्यमबाट स्पष्ट हुने गरी जानकारी दिनुभएको गोष्ठीका सहभागी रामेश्वर दाहालले बताउनु भयो । यस्तै महिलावादी सविता कोईरालाले मानव अधिकारको हनन् महिलामा धेरै भएको बताउनु भयो । सती प्रथाको अन्त्य भए पनि सती प्रथाको अवशेष बाँकी नै रहेको उहाँको भनाई थियो ।  
गोष्ठीको मानव अधिकारकर्मी रुपमा लामो समय देखि काम गदैँ आउनु भएका अभिराज रायले सहजिकरण गरिरहनु भएको छ । ओरेक नेपाल सिन्धुलीको आयोजनामा सुरु भएको गोष्ठीको समापन मङ्गलबार हुने आयोजकले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर