कमलामाई नगरपालिका सिन्धुलीले २८ औं स्थापना दिवस मनायो

सिन्धुली, चैत १४, २०८१ बिहिबार ।
कमलामाई नगरपालिका सिन्धुलीले २८ औं स्थापना दिवस मनाएको छ । कमलामाई नगरपालिकाले बिभिन्न कार्यक्रम हरु गर्दै २८ औँ स्थापना दिवस मनाएको हो । कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता तथा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले नगरपालिकाको स्थापना दिवसको शुभकामना ब्यक्त गर्दै कमलामाई नगरपालिका अहिलेको विकासको पुर्वधारको अवस्था सन्तोसजनक रहेको बताउनु भएको छ ।
स्थापना दिवसको अवसरमा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले २०५३ साल चैत १४ गते स्थापना भएको नगरपालिका २८ औ वषर्मा प्रवेश गर्दैगर्दा नगरपालिकामा पूर्वाधार विकास, सवल बन्दै गएको, सामाजिक सुचकहरु, प्राकृतिक स्रोतको सदुपयोग र असल अभ्यासले नगरपालिकाको भोलिको भविष्य अत्यन्त सुन्दर भएको बताउनुभएको छ ।
कमलामाई नगरपालिकाको विकासको क्रममा न्याय, कानुन र सुशासन विकासको समृद्धिहरुलाई संगै जोडेर लानको लागि, कर्मचारी, जनप्रतिनीधि, राजनिती कर्मिहरु सबै व्यक्तिहरुको प्रयास र सहयोग बाट नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगार लगायत विभिन्न विषयहरुमा प्राथपमकता दिएर काम गरेको कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो ।
स्थापना दिवसको अवसरमा नगरपालिकाले ब्याडमिन्टन प्रतियोगिता, सरसफाई, भलिबल, चम्चा दौड, म्युजिकल चियर, विंगो खेल, हाडी फुटाउने खेल लगायतका कार्यक्रमहरु संचालन गरेको छ । बिभिन्न प्रतियोगीतामा प्रथम, द्धितिय र तितृय हुने व्यतिm तथा टिमलाई प्रमाण पत्र सहित पुरस्कार समेत वितरण गरीएको छ ।

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न
सिन्धुली, जेठ १७, २०८२ शनिबार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा

बालमैत्री वडा घोषणा उन्मुख हुदै दुधौली नगरपालिका ६ हर्षाही
सिन्धुली, जेठ १७, २०८२ शनिबार । सिन्धुलीको दुधौली नगरपालिकाले वडा नंं ६ हर्षाही लाई २०८२ माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

कमलामाई नगरपालिकामा निशुल्क मोटरसाइकल मर्मत तालिम सञ्चालन
सिन्धुली, जेठ १६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाले निशुल्क मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको छ । बेरोजगार तथा वैदेशिक रोजगारीमा
प्रतिकृया दिनुहोस