सिन्धुलीमा बिल बिजक नभएको सामान बरामद

सिन्धुली, चैत १४, २०८१ बिहिबार ।
सिन्धुलीमा बिल बिजक नभएको सामान बरामद गरिएको छ । बुधबार राती सावारी साधन चेकजाँच गर्ने क्रममा विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ४ हिरापानी चेकपोष्ट बाट बिल बिजक नभएको सामान बरामद गरिएको हो ।
बिराटनगर बाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश १–०१–००१ च ८६३९ नं. पिकअप बोलेरो चेकजाँच गर्दा कुरीयरको सामान भित्र लुकाई छिपाई ल्याएको बिल बिजक नभएको बिभिन्न नक्कली गरगहना, माला लकेट, माला दाना, बिभिन्न मोटर पार्टसका सामानहरु, तयारी तथा थानका कपडाहरु र सवारी साधन समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको सामानको मुल्य १९ लाख ३३ हजार ५ सय रहेको छ । प्रहरीले नियन्त्रणमा लिएको सामान सहित गाडी र चालकलाई आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि राजस्व कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न
सिन्धुली, जेठ १७, २०८२ शनिबार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा

बालमैत्री वडा घोषणा उन्मुख हुदै दुधौली नगरपालिका ६ हर्षाही
सिन्धुली, जेठ १७, २०८२ शनिबार । सिन्धुलीको दुधौली नगरपालिकाले वडा नंं ६ हर्षाही लाई २०८२ माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

कमलामाई नगरपालिकामा निशुल्क मोटरसाइकल मर्मत तालिम सञ्चालन
सिन्धुली, जेठ १६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाले निशुल्क मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको छ । बेरोजगार तथा वैदेशिक रोजगारीमा
प्रतिकृया दिनुहोस