अखिल नेपाल महिला संघ जिल्ला कमिटि सिन्धुलीले गृह मन्त्रालयलाई ज्ञापन पत्र

सिन्धुली, मंसिर १०, २०८१ सोमबार ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अखिल नेपाल महिला संघ जिल्ला कमिटी सिन्धुलीले ज्ञापन पत्र बुझाएको छ । आज देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अखिल नेपाल महिला संघ सिन्धुलीले जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
अखिल नेपाल महिला संघले स्थापना कालदेखि नै नेपाली महिलाको अधिकार तथा लोकतन्त्र प्राप्तीको लागि अभियान संचालन गर्दै आइरहेको अखिल नेपाल महिला संघ सिन्धुलीले जनाएको छ । महिला विरुद्ध हुने घरेलु हिंसा, बोक्सीको आरोप तथा दाइजोका कारण हुने घरेलु हिंसा, बेचबिखन, ओसारपसार छाउपडिको नाममा यौनजन्य हिंसा जस्ता परिवार बिद्यालय तथा सार्वजनिक ठाउँमा हुने हिंसा र सामाजिक संजाल बाट हुने हिंसा बाट महिलाहरु पिडित भइरहेको र हिंसाका कारण महिलाहरुले बाच्न पाउने अधिकार बाट समेत बञ्चीत भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
गएको आर्थिक बर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटनाको तथ्यांक हेर्दा महिला विरुद्धको हिंसा भयावह देखिएको छ । महिला विरुद्ध भएको हिंसाले महिलालाई मात्रै नभई परिवार, समाज र सिंगो मुलुकलाई नै नकारात्मक असर पारेको छ । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा पुग्नको लागि यस्ता हिंसाको न्युनिकरण र निराकरण गर्न आवश्यक छ । अधिकांस मुद्धामा सामाजिक राजनैतिक दबाव, अनुसन्धान कार्यमा उदासिनता, ढिलासुस्ती, पिडकले सजाय पाउने अवस्था नदेखिनुले कानून कार्यन्वयनमा अझै समस्या देखिएको ज्ञापन पत्रमा भनिएको छ ।
संविधान र कानूनी शासनको ब्यवस्थाको कार्यान्वयन गर्दै हिंसारहित वातावरणको सृजन गर्न राज्यले कडा कदम चाल्न आवश्यक छ । त्यसमा पनि मुलुकमा शान्ति सुरक्षा कायम गर्ने मुख्य जिम्मेवार निकायको रुपमा गृह प्रशासन भएकाले हाल महिला विरुद्ध भइरहेको हिंसा निराकरण गर्न, हिंसा भएको अवस्थामा दोषीलाई कडा कार्वाहि गर्न, द्रुत र मर्यादित न्याय प्रणालीको स्थापना गर्न र पिडितलाई न्याय र उचित क्षतिपूर्तिको ब्यवस्था गर्न ज्ञापन पत्र मार्फत जोडदार माग गरिएको छ ।
अखिल नेपाल महिला संघ सिन्धुलीकी अध्यक्ष पार्वती भट्टराईले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फूयाँल मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाउनुभएको हो ।

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना
सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा
प्रतिकृया दिनुहोस