१७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना
सिन्धुली, भदौ १५, २०८१ शनिबार ।
१७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कमला सामुदायिक पुस्तकालयले “निरन्तर शिक्षाका लागि पुस्तकालय” बिषयक कार्यक्रम आयोजना गरेको हो । कमलामाई नगरपालिका वडा नम्बर ४ ढुंग्रेबासमा रहेको कमला सामुदायिक पुस्तकालयले अन्तरक्रिया कार्यक्रम संगै पुस्तकालयको २४ औं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । पुस्तकालयका कार्यवाहक अध्यक्ष विश्वनाथ बरालको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख अथिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पुस्तकालयका पूर्व कोषाध्यक्ष एवं आजीवन सदस्य, ज्येष्ठ सदस्य फाल्गुणी शर्मा तिमल्सिना र आजीवन सदस्य, ज्येष्ठ महिला सदस्य दुर्गादेवी ढकाल, विद्या वारिधि उत्तीर्ण गर्नुहुने हरिप्रसाद पोख्रेल, नानीबाबु घिमिरे र देवेन्द्र प्रसाद अधिकारीलाई सम्मान गरिएको छ । कार्यक्रममा आजीवन सदस्यहरुको उपस्थितिमा कार्य समितिबाट पेश भएका प्रस्तावहरु पारित एवं अनुमोदन भएको छ ।
२४ औं बार्षिक साधारण सभामा कार्य समितिको तर्फबाट २०८०÷०८१ भए गरेका कामहरुका बार्षिक प्रगती प्रतिवेदनका साथै सम्पूर्ण आयव्यय विवरण, आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएकोे छ । पुस्तकालको आगामी आर्थिक वर्ष ०८१÷०८२ को नीति तथा कार्यक्रम कार्य समितिका सचिव रेशम बहादुर पोखरेलले बुँदागत रूपमा प्रस्तुत गर्नु भएको थियो । नीति तथा कार्यक्रमलाई छलफल बाट सुधारात्मक सल्लाह सुझावका साथ सर्वसम्मत रुपमा पारित गरिएको छ ।
कमला सामुदायिक पुस्तकालयको विधान पुरानो जिर्ण भईसकेको, संघिय संविधान, ऐन, कानुन र नियमहरु सँग पनि मेल नखादा कार्य सम्पादन गर्न कठिनाई भएकोले विद्यमान विधानलाई पुरै पुनर्लेखनका लागि विधान मस्यौदा समिति बाट पुनर्लेखन गरी २०८१ भाद्र १२ गते बसेको कार्य समितिबाट स्वीकृत गरी अनुमोदनका लागि पेश भएको उक्त विधानका बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण टोल विकास संस्थाको भवन उद्घाटन
सिन्धुली, भदौ २२, २०८१ शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण समन्वय टोल विकास संस्थाको नवनिर्मित भवन उद्घाटन गरीएको छ ।
जुनारमा लाग्ने सुँडे पुतली समातेर मार्ने लाई गोलन्जोर गाउँपलिकाले २ रुपैया दिने
सिन्धुली, भदौ २२, २०८१ शनिबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले जुनारको फल चुस्ने सुँडे मोथ पुतली समातेर मार्ने लाई २ रुपैयाँ दिने भएको छ । जुनार
नि.मा.वि.लङुरडाडाको बिद्याालय भवन उद्घाटन तथा हस्तान्तरण
सिन्धुली, भदौ २०, २०८१ बिहिबार । सिन्धुलीको तीनपाटन गाउपालिका वडा नम्बर १० स्थित निम्न माध्यमिक बिद्यालय लङुरडाडा लाई बिद्यालय भवन हस्तान्तरण
प्रतिकृया दिनुहोस