पानीट्यांकीमा डेरा गरी बस्ने महिलाको मृत्यु
सिन्धुली, भदौ १४, २०८१ शुक्रबार ।
सिन्धुलीको कमलामाई ६ पानीट्यांकीमा डेरा गरी बस्ने एक महिलाको मृत्यु भएको छ । गएराती खाना खाएर सुतेकी दुधौली नगरपालिका ३ झुगा घर भई पानीट्यांकीमा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षिय जानुका माझीको मृत्यु भएको हो ।
खाना खाएर राती ९ महिने छोरा र ६ वर्षकी छोरी सँगै सुतेकी माझी बिहान अचेत अवस्थामा भेटिएको र छिमेकीले सिन्धुली अस्पताल पुर्याए पश्चात चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
छोरीले आमा भनेर बोलाउदा नबोले पछि रोईकराई गरेको र बिहान छिमेकीले थाहा पाएर हेर्दा अझेत अवस्थामा भटेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक माझीका श्रीमान रोजगारीका शिलशिलामा विदेशमा रहेको प्रहरीको भनाई छ ।
सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ
सिन्धुली, माघ १, २०८१ मंगलबार । सिन्धुलीमा सुन जस्तो देखिने पहेलो धातु र गरगहना सहित एक जना पक्राउ परेकाछन् । जिल्लाको कमलामाई नगरपालिका–९ भिमानमा
कमलामाई मन्दिरको महिमा बढ्दै
सिन्धुली, पुष २९, २०८१ सोमबार । सिन्धुलीको कमला नदी र गौमती नदीको संगम स्थलमा अवस्थित कमलामाई मन्दिरको महिमा बढ्न थालेको छ । कमलामाई मन्दिरको
“कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण
सिन्धुली, पुष २९, २०८१ सोमबार । “कलिगङ्गा कमला ः आस्थाको एक अविरल प्रवाह” पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा आज एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस