सुधारिएको चुल्होको  प्रयोगमा महिलाहरूको आकर्षण

RadioSiddhababa

सिन्धुलीमा महिलाहरूले खाना पकाउनको लागि सुधारिएको चुलो प्रयोगमा ल्याउन थालेका छन् । सिन्धुलीको दुधौली नगरपालिका र मरिन गाउँपालिका ग्रामीण भेगहरूका महिलाहरूले सुधारिएको चुल्हो प्रयोगमा ल्याउन थालेको हुन् । खाना पकाउनको लागि सुधारिएको चुल्होको प्रयोग सहज हुने उनीहरुको भनाई छ । 

 

मरिण गाउँपालिका २ नक्कलीकी  बुद्धिमाया लो ले सुधारिएको चुल्हो प्रयोग गर्न थालेपछि अहिले घर धुवा रहित बनेको बताउनु भयो । जङ्गल नजिकै घर भएकोले सुख्खा मौसम सुरु भएपछि उहाँ र उहाँको समुदायलाई खाना पकाउनै मुस्किल पर्थ्यो, हावाहुरी आएको बेला आगोलागि होला भन्ने चिन्ताले सताउँथ्यो तर अहिले सुधारिएको चुल्होको प्रयोग गर्न थालेपछि त्यस्तो नभएको उहाँको भनाई छ ।

 

मरिन गाउँपालिका ६ भाटी भ्याङ्गकी सुनिता लो पनि सुधारिएको चुलो निर्माण गर्ने तालिम लिएर अहिले,आफू र आफ्नो समुदायको लागि सुधारिएको चुल्हो निर्माण गरेको बताउनु भयो । अहिले सुनिताले समुदायमा २० देखी २५ ओटा चुल्हो निर्माण गरिसकेको बताउनु बताउनु भयो । कम दाउरा लाग्ने, छिटो खाना पाक्ने र धुवा कम आउने भएपछि अहिले महिलाहरूले खाना पकाउनको लागि सुधारिएको चुल्हो तर्फ आकर्षित भएको उहाँको भनाई छ ।

 

त्यस्तै दुधौली नगरपालिकाकी ६ की कौशिला अधिकारी दनुवारले पनि सुधारिएको चुल्हो बनाउने तालिम लिएर आफ्नो समुदायलाई धुवा रहित बनाउन सहयोग गर्नु भएको छ । उहाँले तालिम लिएर साथी सँग मिलेर २ सय ६ ओटा चुल्हो बनाएको बताउनु भयो । दुधौली नगरपालिकाको ३ र ६ नम्बर वडामा सुधारिएको चुलोको प्रयोग गर्नेहरूको संख्या बढेको बताउनु भयो । सुधारिएको चुल्होको प्रयोग ग्यासे जस्तै  खाना पकाउनको लागि सहज हुने उहाँको भनाई छ ।

 

दुधौली र मरिनमा प्लान नेपालको साझेदारीमा  हेन्डस नेपाल सिन्धुलीले सञ्चालन गरेको लैङ्गिक उत्तरदायी विद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत २४ जनाले सुधारिएको चुलो बनाउने  तालिम लिने अवसर पाएका थिए । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्य राखेर तालिम सञ्चालन गरिएको र त्यस बाट समुदायले लाभ लिएको परियोजना प्रमुख रोशन तिम्सिना बताउनु भयो । अहिले सिन्धुली र मरिन गाउँपालिकामा रहेका ग्रामीण भेगका ४ सय ८० घरधुरीले सुधारिएको चुलोको प्रयोगमा  ल्याएका छन् भने अन्य समुदाय पनि आकर्षित भएका छन् । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

तीनपाटन गाउँपालिका १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन

सिन्धुली, जेठ ५, २०८१ शनिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । तीनपाटन गाउँपालिका १

RadioSiddhababa

घ्याङलेख गाउँपालिकामा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन

सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । घ्याङलेख गाउँपालिका सिन्धुलीमा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन गरीएको छ । “मातृभाषामा

RadioSiddhababa

गौमती मा.वि. मा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट

  सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । गौमती माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट गरिएको छ । मनोनयन