सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने

RadioSiddhababa

सिन्धुली, फागुन ७, २०८० सोमबार ।


सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने भएको छ । कतारमा रहेका सिन्धुलीबासी हरुलाई एकताबद्ध गर्ने सिन्धुली सेवा समाज दोहा कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिख शुक्रबारका दिन हुन लागेको हो । प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा अधिवेसन हुने संस्थाले जनाएको छ । 

 

सिन्धुली बाट कतारमा पुगी बिभिन्न पेशा, ब्यवसाय श्रमीकको रुपमा रहेका सिन्धुली बासीले सामाजिक सेवा र गतिविधीको लागि २००३ मा सिन्धुली सेवा समाज कतारको स्थापना गरिएको हो । समाजको ११ औं अधिवेसनलाई सम्बोधन गर्न सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजन जानुहुने भएको छ । अधिवेसनको अवसरमा कतार स्थित बिभिन्न संघ संस्था, समाजसेवि, ब्यवसायी, पत्रकार तथा कतारलाई कर्मथलो बनाएका नेपालीहरुलाई कार्यक्रममा सहभागि हुन आग्रह गरिएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन बाट पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन

सिन्धुली, फागुन १२, २०८० शनिबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सिन्धुली सेवा समाजका अध्यक्ष कृष्ण बर्माको

RadioSiddhababa

सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन

  सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन हुनुभएको छ । अमेरीकाकामा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले

RadioSiddhababa

सिन्धुली सेवा समाज दोहा कतारको ११ औं अधिवेशन फेब्रुअरी २३ मा हुने

  सिन्धुली सेवा समाज दोहा कतारको ११ औं अधिवेशन आगामी फेब्रुअरी २३ मा हुने भएको छ । कतारमा रहेका सिन्धुलीवासी हरूलाई एकताबद्व गर्ने संस्था सिन्धुली