सिन्धुलीको हर्षाहीका पुरुष महिला सरह घर तथा टोलको सरसफाईमा जुट्दै

RadioSiddhababa


राधिका बुढाथोकी, पुस १, सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ हर्षाहीको लामागाँउका स्थानिय पुरुषहरु पनि महिला सरह घर तथा टोलको सरसफाईमा जुट्न थालेका छन् । लामागाउँमा परम्परागत मानसिकतालाई परिवर्तन गर्दे सरसफाइमा महिला र पुरुषलाई वरावर जिम्मेवार बन्न थालेको स्थानीयले बताएका छन्  ।
चौतारामा गफीएर विताउने समय आफनो घर आँगन, वरपरको वातावरण सरसफाई गर्न थाले पछि अहिले लामागाउँको रुप नै परिवर्तन हुन थालेको ५५ वर्षिय स्थानिय प्रेमबहादुर लामाले बताउनुभयो ।
महिलाले मात्र सरसफाई गर्नु पर्छ भन्ने गलत सोच रहेको समाजमा पछिल्लो समय पुरुष पनि सरसफाईमा सक्रिय हुन थाल्नु सकारात्मक रहेको स्थानीय महिला सर्मिला लुंगेली मगरले बताउनुभयो । सरसफाई गरे सँगै फोहोरको व्यवस्थापन हुने, कुहिने फोहोरलाई मल बनाई  तरकारी उत्पादनमा समेत प्रयोग गर्न थालिएको उहाँको भनाई छ । अहिले तरकारी उत्पादन गरी बेचेर आम्दानी लिन पनि शुरु गरिएको उहाँको भनाई छ ।
जनजाति समुदायको बाहुल्यता रहेको लामागाउँमा सरसफाई बाट निस्किएको कुहिने र नकुहिने फोहोर छुट्टाछ्ट्टै स्थानमा राख्ने गरिएको छ । गाउँका १ हजार १६ घरधुरी मध्ये १ सय ९३ घरधुरी पूर्ण रुपमा सरसफाईयुक्त घरका रुपमा घोषणा भएको पनि स्थानिय सरोकारवालाको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर