मरिणमा नागरिक र सरोकारवाला बिच दोहोरो संवाद

RadioSiddhababa


सिन्धुली – मरिण गाँउपालिकामा मङ्गलबार  संवाद समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  छ ।  दिगो बिकास संस्थागत र उठेका सवाल बिषयमा केन्द्रित रहेर नागरिक र सरोकारवाला बिच दोहोरो संवाद सहित छलफल भएको हो ।
छलफलमा काम गर्दा जनप्रतिनिधी र कर्मचारी बिच समन्वय हुनुपर्ने योजना र विकास निर्माणका कामहरुहरु गुणस्तर नभएको, भूकम्प पछिको पुननिर्माणका क्रममा  बनेका काठका  घरहरुले किस्ता नपाएको, ढुङगा बालुवा, गिट्टी जस्ता नागरिकको लागि  अति आबश्यक सामान खरिद गर्दा दोहोरो कर लिएको, शिक्षा ऐन निर्माण गर्दा आबश्यक छलफल हुनुपर्ने, स्वास्थ्य बिमा कार्यक्रम प्रभाबकारी नभएको, अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने जस्ता सार्बजनिक चासोका बिषयमा छलपल भएको थियो  ।
 छलफलमा उठेका सवालहरुमा पालिकाले बैठक बसेर समाधान गर्ने र त्यहाँ बाट पनि समाधान नभएर संवादको माध्यमबाट  छलफल गरी ती समस्याहरु समाधान गर्ने  बताईएको छ । संवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, कर्मचारी लगायत नागरिकको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली, बैशाख ८, २०८१ शनिबार । बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत विद्यालय

RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ