प्रथम फिक्कल महोत्सव सकियो

RadioSiddhababa


सिन्धुली – फिक्कल गाउँपालिका ४ खाङसाङबेसी सिन्धुलीमा सञ्चालन गरिएको प्रथम फिक्कल महोत्सव २०७५ को मङ्गलबार समापन गरिएको छ । सिन्धुलीमा पनि फिक्कल छ भनी चिनाउने उद्धेश्यले आयोजना गरिएको महोत्सवको प्रदेश नं ३ का उद्योग, वन, पर्यटन तथा वावावरण मन्त्री अरुण नेपालले समापन गर्नुभयो ।
सडक, विद्यालय, बिजुली फिक्कल विकासको पूर्वाधार, कृषि जडिबुटी वन र पर्यटन समृद्धिका मुल आधार भन्ने नारा सहित माघ  २ देखी  सञ्चालन भएको महोत्सवको मङ्गलबार समापन गरिएको हो । महोत्सवको समापन माघ ७ गते नै गर्ने  भनिए पनि स्थानियको माग अनुसार महोत्सव १ दिन लम्ब्याईएको थियो  । समापन समारोहमा फिक्कल महोत्सव सफल बनाउन सहयोग गर्ने व्यतिm तथा संघ संस्थालाई सम्मान गरिनुका साथै महोत्सव अवधिभर सञ्चालित भलिबल, पञ्चेबाजा, गायन तथा नृत्य प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको छ ।  
गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथी प्रदेश नं ३ का उद्योग, वन, पर्यटन तथा वावावरण मन्त्री अरुण नेपालले फिक्कल गाउँपालिकाको केही सडकहरुको डिपिआर तयार भैरहेको बताउँदै, फिक्कलको पर्यटन प्रवद्धन मा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो । उहाँले प्रदेश सांसद राजन दाहालले फिक्कलमा सञ्चालन गरिएको प्याराग्लाईडिङ र रयाफटिङ लाई निरन्त्तरता दिन गरेको प्रस्तावमा ऐक्यवद्धता पनि जनाउनुभयो । कार्यक्रममा प्रदेश सांसद राजन दाहालले महोत्सव मार्फत सिन्धुलीमा फिक्कल छ भनेर देश विदेशमा चिनाउन सफल भएको धारणा राख्नुभयो । उहाँले प्रदेश सरकार सँग सिन्धुलीको बिकासमा लगानी बढाईदिन पनि आग्रह गर्नुभएको छ । त्यस्तै कांगे्रस सिन्धुलीका सभापति उज्वल बरालले पाँचतारे होटलमा प्रयोग गरिने कि बि र भुईस्याउ फिक्कलमा धेरै मात्रामा उत्पादन हुने हुँदा यसको प्रवद्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
समारोहमा जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष शंकरराज वर्मा तिवारी ,उपाध्यक्ष सम्झना अधिकारी दनुवार लगायत बिभिन्न राजनितिक दल तथा संघ सस्थाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा गाउँपालिका उपाध्यक्ष पार्वति सुनुवारले स्वागत मन्तव्य राख्नुभएको थियो ।
महोत्सवको जिल्ला भित्र र जिल्ला बाहिरका गरी डेढ लाख दर्शकले अवलोकन गरेको अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन