फिक्कल महोत्सव एक दिन लम्बियो

RadioSiddhababa


सिन्धुली – फिक्कल गाउँपालिका ४ खाङसाङबेसी सिन्धुलीमा जारी  प्रथम फिक्कल महोत्सव एक दिन लम्बिएको छ । स्थानियले महोत्सवलाई एकदिन लम्ब्याउन आग्रह गरेपछि महोत्सव एकदिन लम्ब्याउन लागिएको हो ।
सडक, विद्यालय, बिजुली फिक्कल बिकास को पूर्वाधार, कृषि जडिबुटी वन र पर्यटन समृद्धिका मुल आधार भन्ने नारा यही माघ  २ देखी  ७ गते सञ्चालन हुने भनिएको महोत्सव माघ  ८ गते सम्म सञ्चालन गरिने महोत्सव मुल आयोजक समिति संयोजक एवंम फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वति सुनुवार ले बताउनुभयो ।  महोत्सव अवलोकनका लागी जिल्ला भित्र र जिल्ला बाहिरका मानिसहरुको उल्लेख्य उपस्थिति रहने गरेको संयोजक सुनुवारले बताउनुभयो ।
महोत्सवको मुख्य आर्कषण को  रुपमा रहेको प्याराग्लाईडिङ र र्याफिटिङ गर्न चाहनेहरुको संख्या अत्याधिक रहेको पनि उहाँको भनाई छ । महोत्सवको आर्कषणको रुपमा गाउँपालिका स्तरिय पुरुष खुला भलिबल प्रतियोगिता, गाउँपालिका स्तरिय पञ्चेबाजा प्रतियोगिता, गाउँपालिका स्तरिय गायन तथा निम्नमाध्यमिक बिधालय स्तरिय नृत्य प्रतियोगिता, रहेका छन् ।
महोत्सवमा कृषिजन्य सामाग्री, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्पादित सामाग्री, ऐतिहासिक सामाजिक साँस्कृतिक महत्व सहितको सिन्धुली कलाघर, जाति बिषेश भेषभुषा, अल्लो, उनी बाट निर्मित राडीपाखी, उधोग, अटोमोबाईल्स बाल उधान, पिङ लगायतका १२० स्टल रहेकाछन् । महोत्सवमा हरेक दिन स्थानिय तथा राष्ट्यि कलाकारहरुले आफनो प्रस्तुति दिईरहेका छन् । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन