बर्दबहादुर गण बाट हरीहरपुरगढीमा स्वास्थ्य शिविर सञ्चालन

RadioSiddhababa


सिन्धुली – नेपाली सेनाको बर्दबहादुर गण सिन्धुलीले शनिबार हरिहरपुरगढी गाउपालिकाको चिसापानीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  नागरिकहरुसंग सैन्य सम्बन्ध बिकासका गर्ने उद्धेश्यले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेकोे सेनाले जनाएको छ ।
 निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाले सेवा लिएको बर्दबहादुर गणका सह सेनानी सन्तोष पाण्डेले जानकारी दिनुभयो ।  गणले शनिबार देखि १ हप्ते सरसफाई  लगायतका कार्यक्रमको पनि सुरुवात गरेको छ  । नेपाली सेना बर्दबहादुर गण सिन्धुलीको आयोजना तथा शैनिक  श्रीमती संघको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
दुर्गम क्षेत्रमा रहेको गाँउपालिकाको वडामा बिशेष गरेर, महिला, बालबालिका, अपांगता भएका तथा जेष्ठ नागरिक लगायत स्वास्थ्य सेवाको पहुच बाट टाढा रहेको समुदायहरुले शिबिर बाट लाभ लिएकोे जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग