खुल्ला रक्तदान कार्यक्रममा १७ जना बाट रगत दान

RadioSiddhababa


सिन्धुली – सिन्धुलीमाडीमा भएको खुल्ला रक्तदान कार्यक्रममा शनिवार १७ जनाले रगत दान गरेका छन् । बैँका सुरेन्स क्लव सिन्धुलीको आयोजनामा भएको रक्तदान कार्यक्रममा १७ जनाले रगत दान गरेका हुन् । विकासका लागी सहकार्य भन्ने मुख्य नाराका साथ सञ्चालन गएिको कार्यक्रममा  बैँक र इन्सुरेन्सका कर्मचारीले रगत दान गरेका थिए ।

सिन्धुलीमा बिरामीहरुका लागी रगत अभाव भएकाले यसको परिपुर्ती गर्नका लागी रगत दान गरिएको आयोजकले जनाएकोे छ । जम्मा भएको रगत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको ब्लड बैँकमा राखिएको बैँकासुरेन्स क्लवका सचिव श्रवण नेवा खड्गीले जानकारी दिनु भयो । उहाँले यस्ता सामाजिक उत्तरदायित्वका काम निरन्तर गरिरहने पनि बताउनुभयो । बैंक तथा इन्सोरेन्स कम्पनीलाई नाफा मुखीे भन्ने आरोप लाग्ने गरेकाले यस्ता आरोपहरुलाई  चिर्दै  अभियानलाई निरन्तरता दिन लागेको उहाँको भनाई थियो  ।  
यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापती अशोक श्रेष्ठले बैँकासुरेन्स क्लवले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै प्रसंसा गर्नुभयो ।  सभापती श्रेष्ठले जिल्लामा संचालन हुने रक्तदान, आँखा शिविर लगाएत अन्य सामाजिक उत्तरदायित्वका काममा पनि क्लवसँग सहकार्य गरेर काम गर्ने बताउनुभयोे ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर