दुधको मुल्य नपाएको सिन्धुलीका किसानको गुनासो

RadioSiddhababa


सिन्धुली – सिन्धुलीमा उत्पादित दुध विक्री नभए पछि पशुपालक किसानहरु मर्कामा परेका परेका छन् । सरकारको अनुदान र आफ्नै लगानीमा गाई, भैसी पालेर उत्पादन गरेको दुध विक्री नहुँदा पशुपालक किसानहरु मर्कामा परेका हुन् ।  
कमलामाई नगरपालीका वडा नं ५ रानीखोला स्थित भैसी फर्म संचालन गदै आउनु भएका किसान कमल खड्गले दुध विक्रि हुन छाडेको भन्दै गुनासो गर्नु भयो । दैनिक १ सय लिटर दुध उत्पादन गदै आउनु भएका किसान कमलले जिल्लाको बजार तथा संकलन केन्द्र र दुध डेरीमा दुध विक्री नभए पछि आफु चिन्तीत भएको उल्लेख गर्नुभयो । लगानी र मिहेनत अनुसार दुधको उचित मुल्य नपाए पछि व्यवसायिक पशुपालन पेसाबाट विस्थापीत हुनु पर्ने स्थिीतको सिर्जना भएको पनि उहाँको भनाई छ । भँैसि र गाई,गरी झन्डै दुई दर्जन भन्दा बढी पशुपालन गदैँ आउनु भएका किसान कमलले दुःखले परिश्रम गरि दुध उत्पादन गर्ने किसानले दुधको मुल्य नपाएको र विचौलीया दुध व्यापारीहरुले यही दुधबाट मनग्य आम्दानी लिईरहेको पनि उहाँले बताउनु भयो ।
दुधौली नगरपालीका वडा नं १० का व्यवसायिक गाई पालक किसान माधव काफ्लेले बास्तविक दुध उत्पादन गर्ने किसानहरु मर्काका पर्ने गरेको बताउनु भयो । दुःखले परिश्रम गरी दुध उत्पादन गर्ने किसानले लिटरको ५० रुपैँयाका दरले बेच्न बाध्य हुनु परेको र यही दुध डेरी तथा दुध संकलन केन्द्र र बजार सम्म पुगे पछि १ लिटरको ७० देखि ८० रुपैँया सम्ममा बेच्ने गरेको पाईएको बताउनु भयो ।  
यस्तै अर्का किसान कुमारी खड्काले सिन्धुलीमा पशुचौपायलाई खुवाउने दाना,पराल,औषधि लगाएत सबैको बजारका भाउ बृद्धि भएको र दुधको मुल्य चाही पहिलाको भन्दा पनि झनै घटाएर बेच्नु परेकोमा गुनासो गर्नु भयो । उहाँले पहिलाको भन्दा केही दिन यता देखि दुधको भाउ १५ रुपैँया घटाएर बेच्न बाध्य भएको बताउनु भयो । केही दिन अघि सम्म लिटरको ६५ रुपैँयाले बेच्ने गरेको भएता पनि हाल लिटरको ५० रुपैँयाले बेच्ने गरेको उहाँको भनाई छ ।
कमलामाई नगरपालीका वडा नं ६ का उपभोक्ता सन्तोष थापाले डेरीले दुधको फ्याट्को आधारमा ५० तथा ५५ रुपैँयाको मुल्यमा किसानबाट दुध किनेर  डेरीमाा लगीसके पछि दुधको फ्याट हटाएर दुधमा पानी र पाउडर थपेर ८० रुपैँयामा विक्री गर्नेे गरेको आरोप लगाउनु भयो ।
कोशेली डेरी उद्योगका प्रोपाईटर विमला काफ्लले जिल्लाबाट आफ्नो डेरीमा २ हजार ५ सय लिटर दुध संकलन हुने गरेको बताउनु भयो । सबै दुध जिल्लामा खपत हुने नगरेकाले संयुक्त डेरी मार्फत हप्ताको ३ पटक जम्मा भएको दुध काठमाडौँ पठाईने गरेको जानकारी दिनु भयो ।
उचित मुल्यमा दुध विक्रि नहुँदा गाई भैसीलाई खुवाउने दाना र घाँस किन्न् समेत समस्या भएको पशुपालक किसानहरुको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन