फिक्कल गाउँपालिका ५ मा निशुल्क भिडियो एक्सरे सेवा सुरु

RadioSiddhababa

बलविर भुजेल,सिन्धुली–फिक्कल गाउँपालिकाको वडा नं ५ शोल्पाठाना स्वास्थ चौकीमा  शुक्रबारबाट गर्भवती महिलाहरुको गर्भजाँचको लागि भिडियो एक्सरे सेवा संचालनमा आएको छ  । चार लाख बराबरको लागतमा निशुल्क भिडियो एक्सरे मेसिन गाँउपालिकाले वडालाई हस्तातरण गरे पछि सेवा सञ्चालनमा आएको हो । आजै एक कार्यक्रम गरी गाँउपालिकाको अध्यक्ष धन बहादुर कार्कीले  स्वास्थ चौकीका अनमी सबिता परियार लाई मेसिन हस्तान्तरण गर्नु भएको हो  । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले भिडियो एक्सरे सेवा गाउपालिकाको पहिलो  सेवा भएकोले अब एक्सरे सेवा लिनको लागि गर्भवती महिलाहरुले अन्यत्र जानु नपर्ने, महंगो पैसा तिर्नुपर्ने दिनको अन्त्य भएको बताउनु भएको छ ।
उक्त मेसिन गाँउपालिकाको रोहवरमा रहने र बोकेर अन्यत्र लान पनि मिल्ने खालको भएकोले  घुम्ती सेवा समेत दिन सकिने बताईएको छ । आजै ७ जना  गर्भवती महिलाहरुले सेवा लिएका छन् । प्लान नेपालको सहयोगमा ह्याण्ड्स नेपाल सिन्धुलीले  निशुल्क भिडियो एक्सरे मेसिन जिल्ला जनस्वास्थ्य कार्यलको समवन्यमा फिक्कल गाँउपालिकालाई उपलब्ध गराए थियो ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग

RadioSiddhababa

कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण

  सिन्धुली, असार २६, २०८० मंगलबार ।  सिन्धुलीको कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण