सिन्धुलीमाडीमा मैत्रि धर्म शान्ती पदयात्रा कार्यक्रम

RadioSiddhababa


सिन्धुली – तपस्वी राम बहादुर बम्जन सम्बद्ध बोधी श्रवण धर्म संघले सिन्धुलीमाडीमा बिहिबार मैत्रि धर्म शान्ती पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा  ३ महिना सम्म गुफा बसेका २ सय ६५ जना महात्मागुरु, महात्माआनी तथा अनुयायीहरु दिक्षित भएको खुसियालीमा मैत्रि धर्म शान्ती पदयात्रा र्यालीको आयोजना गरेको हो ।
मैत्री मंगलम धर्मको महात्मा गुरु र महात्मा आनीहरुलाई गुफामा राख्ने चलन अनुसार २०७५ असोज २४ गतेबाट सुरु भएको प्रशिक्षण शिविर तथा गुफाको दिक्षित भएको अवसरमा मैत्रि मंगलम र्याली कार्यक्रको आयोजना गरिएको मैत्री मंगलम धर्म सँघका केन्द्रिय सदस्य छत्र घिसिङले जानकारी दिनु भयो । ३ महिना पुरा गुफा बसेका आनी तथा अनुयायीहरु र महात्मा मार्ग गुरुहरु गरी  १२ हजार ३ सय ७१ जना को सहभागीतामा पदयात्रा र्याली निकालीएको थियो । ३० हजार आनी तथा अनुयायीहरुको सहभागितामा पदयात्रामा गर्ने कार्ययोजना बनाईएको भए पनी सम्भव नभएकोले  १२ हजार ३ सय ७१ जना को सहभागीतामा मात्र पदयात्रामा गरिएको उहाँले बताउनु भयो ।
कमलामाई नगरपालीका वडा न. ८ पैरेबाट विहान ७ बजेबाट सुरु भएको पदयात्रा र्याली सिन्धुलीमाडी बजार परिक्रममा गरी फेरी पैरे स्थित बम्जन आश्रममा गएर टुगिंएको थियो ।  शुक्रबार  विहान ७ बजे देखि माघ  ६ गते सम्म नियमित रुपमा मैत्रि मंगलम प्राथाना गरिने र मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजा कार्यक्रमको पनि आयोजना गरिएको संघका केन्द्रिय सदस्य घिसिङको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ

RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण