तपस्वी बम्जन तत्काल सार्वजनिक नहुने

RadioSiddhababa


सिन्धुली – तपस्वी रामबहादुर बम्जनको सिन्धुली स्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गरिने भएको छ । बम्जन सम्बद्ध बोधी श्रवण धर्म संघले बम्जन आश्रममा माघ ६ गते पुजाको आयोजना गर्ने भएको हो ।
कार्यक्रममा धार्मिक सम्बोधन गर्न दुव्र्यवहार तथा यौन हिंसाका आरोप लागेका बम्जन भने सार्वजनिक नहुने जनाइएको छ । आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरू माथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ । आश्रममा हुने पूजामा बम्जन सम्बद्ध स्वदेश तथा विदेशका धार्मिक व्यक्तित्वको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ । संघका केन्द्रीय सदस्य छत्र घिसिङले  उक्त पूजामा तपस्वी बम्जनले धार्मिक सम्बोधन गर्ने र सर्वसाधारणलाई दर्शन दिने कार्यक्रम तय भए पनि बम्जन विरुद्ध नकारात्मक चर्चा बढी चलेपछि सुरक्षा दृष्टिले संवेदनशील हुने भन्दै सार्वजनिक नहुने निर्णय गरिएको बताउनुभयो । सिन्धुली आश्रमबाट बाहिरिएको चर्चा चलिरहे पनि बम्जन सिन्धुलीमै रहेको पनि उहाँले बताउनु भयो ।
यस्तै बोधी श्रवण धर्म संघले ‘लिटिल बुद्ध’को नामले चर्चित आफ्ना धर्म गुरु रामबहादुर बमजन माथि आश्रम मै आनीहरूलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको समाचार आइरहेकोमा आपत्ति जनाएको छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना गुरु बमजनले त्यस्ता कुनै पनि गतिविधि नगरेको दावीसमेत गरेको छ। करोडौं जनताको विश्वासको धरोहर आफ्ना गुरु बमजनमाथि चेलाहरूलाई हत्या, बलात्कार र वेपत्ता पारेको भनि आएको समाचार सत्य नरहेको संघका अध्यक्ष निलबहादुर थिङ्गले दावी गर्नु भयो । उहाँले भूकम्पका बेला सम्पर्कमा नआएका आनीहरू बारे सम्बन्धित परिवारले खोजी गरेको विषयलाई लिएर आफ्ना गुरु बमजनमाथि आरोप लगाइएको भन्दै आपत्ति पनि जनाउनुभयो  ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा