हिस्टुन सिन्धुलीद्धारा शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र पेश

RadioSiddhababa


पुस २७, सिन्धुली – माध्यमिक विद्यालय शिक्षक यूनियन, नेपाल (हिस्टुन) जिल्ला कार्य समिती सिन्धुलीले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीमा ज्ञापन पत्र बुझाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा विभाग समेतलाई बोधार्थ गरी ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा कक्षा ९ देखि १२ लाई माध्यमिक तह निर्धारण गरिएको र शिक्षाको एउटै संरचनामा कार्यरत शिक्षहरुको व्यवस्थापन समेत विवेदपुर्ण रहेकोमा आपत्ति जनाएको छ । निकट भविष्यमै तयार पारिने संघिय, प्रादेशिक र स्थानीय शिक्षा ऐनमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको सम्पुर्ण समस्याहरु दीर्घकाल सम्म समाधान हुने गरी समावेश हुनुपर्ने पत्रमा उल्लेख छ ।

शिक्षा ऐन ९ औँ संसोधनले कक्षा १ देखि १० सम्म अध्यापनरत शिक्षकहरुको सेवा, शर्त, सुविधा र कानुनी अस्तित्वका सम्बन्धमा कुनै कुरा उल्लेख नगरेकाले यस तहमा अध्यापनरत शिक्षकहरुले राज्यका तर्फबाट अपमानीत, विभेदपुर्ण व्यवहार तथा बहिष्करणको निती लिएको महसुस भएको ज्ञापन पत्रमा भनिएकोे छ । अध्यक्ष सन्तोष कुमार बोहोराद्धारा हस्ताक्षरित विज्ञप्तीमा  यस्तो कार्यले शिक्षकहरुको मनोवल, हौसला तथा उत्पादकत्वमा नकरात्मक चिरकालीन असर पर्ने पत्रमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली, बैशाख ८, २०८१ शनिबार । बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत विद्यालय

RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ