फिक्कलमा प्राइम कमर्सियल बैंकको सेवा सुरु

RadioSiddhababa
फोटो गाँउपालिकाको फेसबुक पेज बाट


पुस २७, सिन्धुली – सिन्धुलीको दुर्गम गाउँपालिका मानिने फिक्कलमा प्राइम कमर्सियल बैंकले शुक्रबार देखि सेवा सुरु गरेको छ । फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले एक औपचारीक कार्यक्रमका विच बैंकको उद्घाटन गरे सँगै सेवा सुरु भएको हो ।
फिक्कल गाउँपालिकाको सहयोगमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाको भीरगाउँबाट ब्रोडबैण्ड इन्टरनेट सेवा जोडिएपछि बैंकले सेवा सञ्चालनमा ल्याएको हो । सबै स्थानीय तहमा बैंक सेवा पु¥याउने सरकारी योजनाअनुसार बैंकले सेवा विस्तार गरेको हो ।
 सिन्धुलीका नौं स्थानीय तहमध्ये घ्याङ्लेकमा बैैंकको सेवा पुग्न बाँकी छ । घ्याङलेकमा सेवा विस्तार गर्न एसबीआइ बैंकको जिम्मा छ । सिन्धुलीको गोलञ्जोरमा सिद्धार्थ बैंक, तीनपाटनमा बैंक अफ काठमाडौँ, हरिहरपुरगढीमा सिटिजन बैंक, दुधौलीमा सेन्चुरी कमर्सियल बैंक र नेपाल बैंक, मरिण गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक र सुनकोशीमा राष्ट्रिय वाणिज्य बैंकको उपशाखा रहेको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

दुधौली नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बिउ वितरण गर्ने

  सिन्धुली, चैत १५, २०८० बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बिउ वितरण गर्ने भएको छ । दुधौली नगरपालिकाको आर्थिक

RadioSiddhababa

एसईईको पहिलो दिन सिन्धुली बाट ५ हजार २ सय ४४ बिद्यार्थीले परिक्षा दिए

  सिन्धुली, चैत १५, २०८० बिहिबार । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि शुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको

RadioSiddhababa

कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनायो

  सिन्धुली, चैत १४, २०८० बुधबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनाएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख