कमलामाई नगरपालिकाले निःशुल्क औषधी वितरणलाई प्रभाकारी बनाउन बिशेष कार्यक्रम गर्ने

RadioSiddhababa


कमल सरला सुनुवार, पुस २७, सिन्धली – कमलामाई नगरपालिका सिन्धुलीले सरकारले निःशुल्क वितरण गर्ने औषधी वितरण सेवालाई प्रभाकारी बनाउन बिशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । नगरपालिकाले माघ देखि सरकारले निःशुल्क रुपमा नागरिकलाई उपल्बध गराउदै आएको औषधी सहज रुपमा वितरण गर्न बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
नागरिकले औषधी निःशुल्क नपाएको गुनासो गरेपछि नगरपालिकाले यस बिषयमा बिशेष ध्यान दिने नगरपालिकाका उपप्रमख मञ्जु देबकोटाले बताउनुभयो । निःशुल्क औषधी वितरण सेवामा स्थानीय तहको पहल बिषयमा रेडियो शिद्धबाबाले आम नागरिक, नागरिक समाज, स्थानीय जनप्रतिनिधी र आमसञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधी संग गरेको छलफल कार्यक्रममा उपप्रमुख देवकोटाले यस्तो बताउनु भएको हो ।
छलफलको क्रममा स्वास्थ्य संस्थामा निशुल्क प्राप्त हुने औषधीहरुको नाम लेखेर टाँस गरेको भए पनि  औषधी उपलब्ध नभएको सेवाग्राही रमेश भुजेलले बताउनुभयो । उहाँले स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा प्राप्त हुने औषधी समेत पैसा तिरेर किन्न परेको भन्दै छलफलमा आफ्नो समस्या राख्नु भएको थियो । त्यस्तै कमलामाई नगरपालिका ४ रायडीका सीता सार्कीले  पनि आफुले अस्पतालबाट निःशुल्क औषधी सेवाको लागि कार्ड नै बनाए पनि औषधी नपाएको गुनासो गर्नुभयो । सामान्य ग्यास्टिको औषधी  पनि आफुले नपाएको उहाँको गुनासो थियो ।
नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभाकारी बनाउन  र सूचना प्रवाह गर्न नगरपालिका भित्र प्रत्येक वडामा रहेको ६२ जना स्वास्थ्य स्वयमसेवीका  मार्फत गाँउघरमा आमा समुह मार्फत छलफल गराई बास्तबिक समस्या पहिचान गराउने जनाएको छ ।  यो बर्ष स्वास्थ्य सेवाको प्रभाबकारीताको लागि सशर्त बाट ३० लाख र नगरपालिका बाट ३० लाख गरेर ६० लाख बजेट छुट्याएको छ । प्रदेश सरकार संग पनि स्वास्थ्य सेवा प्रभाबकारीताको लागि छलफल गरिरहेको र स्वास्थ्य सेवालाई दिगो बनाउनको लागि नगरपालिका भित्र रहेको ७ ओटा स्वास्थ्य चौकी, एउटा सिन्धुली अस्पताल, र ५ ओटा सहरी क्लिनीकहरुलाई ब्यवस्थित बनाउन र निःशुल्क औषधी सेवालाई प्रभाबकारी बनाउन प्रदेश सरकार, नगरपालिकाले एक मुस्ट बजेट बिनियोजन गरेर नागरिकहरुलाई स्वास्थ्य उपचारमा टेवा पु¥याउने भाबि योजना समेत रहेको उपप्रमुख देवकोटाले बताउनुभयो ।
छलफलमा निःशुल्क  औषाधी सेवालाई प्रभाबकारी बनाउन नागरिक समाजले पनि निग्रानी गर्न सक्ने भएकोले यसमा नागरिक समाजको पनि बिशेष भूमिका हुने हुराडेक नेपालका इन्दिरा भुजेलले बताउनुभयो  । जनचेतनाको अभाबमा निशुल्क प्राप्त हुने औषधी समेत नागरिकले पैसा तिरेर खाने, वडामा सञ्चालन हुने स्वास्थ्य क्लिनीकमा सामान्य चेकजाच गर्दा पनि पैसा लाग्छ भन्ने जस्ता सोचाई भएका कारण नागरिकहरुको चेतानका लागि आवाज उठाँउने, उनिहरुको लागि जनचेना मुलक कार्यक्रमको आबश्यता छ भनेर सम्बन्धित सरोकारवालाहरु संग पहल गर्ने  सक्ने भएकोले नागरिक समाजले स्थानिय तह संग सम्मन्य  गरेर  काम गर्नु पर्ने बताउनुभयो ।
त्यसै गरी पत्रकार माहासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) ले ग्रामीण भेगहरुमा सूचना पु¥याउनको लागि मिडियाको बिशेष भूमिका हुने भएकोले स्थानीय तहले आमसञ्चार माध्यम संग बेलाबेलामा निःशुल्क औषधी सेवाको बारेमा जानकारी गराउने र सञ्चार माध्यमले पनि स्थलगत रुपमा अध्यन गरेर नागरिक समक्ष सहि सूचना पु¥याउन आबश्यक रहेकोमा जोड दिनुभयो ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग