सिन्धुलीमा ३७ बिघाको गाँजा खेती नष्ट

SITENAME

पुस २६, सिन्धुली –  सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान चलाइएको छ । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाँजा नष्ट गर्ने अभियान प्रहरीले चलाएको हो ।

 

 

अवैध गाँजाखेती भएको जानकारीअनुसार पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । बिहिबार सम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ । कूल ५४ प्रहरीले त्यस क्षेत्रको गाँजा फँडानीसँगै नष्ट गर्ने अभियान चलाएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

 

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अझै धेरै स्थानमा गाँजा लगाइएको भन्ने सूचना आएकाले स्थलगत रुपमा प्रहरी परिचालन गरी गाँजा नष्ट गर्ने काम जारी रहने प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पाँच दिनसम्म प्रहरी टोली परिचालन हुनेछ । गाँजाखेती भएका जग्गाधनीले अन्यन्त्रका मानिस आएर गाँजाखेती गरेको बताउने गरेका छन् । गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको पाइएको र आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि पनि मरिण गाउँपालिकामा लगाइएको ६० बिघाको गाँजा प्रहरीले नष्ट गरेको थियो ।

 

अहिले गाँजा फँडानी गर्ने क्रममा प्रहरी टोली नै बिरामी परेकाले हेटौडाबाट थप २५ प्रहरी टोली माग गरिएको र त्यो टोली आजै आइपुग्ने जनाइएको छ ।

 

मकवानपुरमा प्रहरीले गाँजा तस्करले लगाएको खेती नष्ट गर्ने क्रम बढेसँगै गाँजा तस्कर सिन्धुलीका दुर्गमस्थलको पहिचान गरी केही वर्षदेखि व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् । गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छाडेर गाँजाखेतीतर्फ आकर्षित भएको छन् । दुर्गममा जनसम्पर्क कम रहने र नियमन गर्ने निकायको नजर नपुग्ने भएकाले मरिण गाउँपालिका र हरीहरपुरगढी गाउँपालिकामा गाँजाखेती गर्ने तस्करको बिगबिगी रहेको छ ।

 

स्थानीयवासीले गाँजाखेतीमा काम गरेबापत ज्याला पाउँछन् भने गाँजाको व्यवसायीकरणका लागि भारतबाट कृषि प्राविधिकको टोली नै राखेर नर्सरी राख्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्नेदेखि गाँजाको भाले र पोथी छुट्याइ भाले गाँजा उखाल्ने काम हुने गर्दछ ।

 

गाँजाको भाले पोथी छुट्याउने कृषि जेटिए नेपालमा अहिलेसम्म नपाइने प्रहरीको भनाइ छ । भाले गाँजा सानैमा चिनेर नउखाले सबै गाँजा भाले हुने भएकाले गाँजा तस्करले कृषि प्राविधिक गाँजा खेती गरेकै स्थलमा राख्ने गरेको स्थानीयवासी बताउँछन् । (रासस)

प्रतिकृया दिनुहोस
SITENAME

श्री स्वस्थानी व्रत शुरु

सिन्धुली – प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमा सम्म घरघरमा मनाइने श्रीस्वस्थानी व्रत सोमबार देखी सुरु भएको छ । मध्यान्ह्कालमा

SITENAME

तपस्वी बम्जन तत्काल सार्वजनिक नहुने

सिन्धुली – तपस्वी रामबहादुर बम्जनको सिन्धुली स्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गरिने भएको छ ।

SITENAME

राजमार्ग निर्माणको काम तिव्र गतिमा

पुस २९, सिन्धुली – धरान – चतरा –  सिन्धुली –  हेटौँडा सडकको निर्माण कार्य तीव्र गतिमा हुन थालेको छ । सरकारको प्राथमिकतामा परेको मदन भण्डारी