दुना टपरी उद्योगमा आवद्ध भएर दुधौली ११ का महिला स्वरोजगार बन्दै

RadioSiddhababa


राधिका बुढाथोकी, पुस २६, सिन्धुली – दुधौली नगरपालिका वडा ११ सिन्धुलीका स्थानिय महिलाहरुले दुना –टपरी उद्योगमा आवद्ध भएर आम्दानी गर्न थालेकाछन् । गाँउमै स्थापित खुसियाली कृषि तथा उद्यमशिल सहकारी संस्थाद्धारा सञ्चालित उद्योगमा आवद्ध भएर महिलाहरुले आम्दानी गर्न थालेकाहुन् ।
जंगलमा रहेको पात संङ्कलन गरीे सामुहिक दुना –टपरी उद्योगलाई व्यवसायिक रुपमा संचालन गर्न थाले पछि महिलाको आम्दानीको श्रोत बढ्न थालेको हो । स्थानिय २० जना महिलाहरु सामुहिक दुना, टपरी व्यवसाय उद्योगबाट स्वरोजगार छन् ।
जंगलमा सुकेर तथा कुहियर खेर जाने सालको पातबाट जिविकोपार्जनको माध्यम बनेको उद्यमशिल सहकारी संस्थाका संयोजक लक्ष्मी कार्कीले बताउनुभयो । खेर गइरहेको प्राकृतिक श्रोत साधनको सही सदुपयोग गर्ने सके आफ्नै ठाउँमा पनि विभिन्न व्यवसायबाट मनग्य आम्दानी लिन सकिने संयोजक कार्की भनाई छ ।
सालको पातबाट २० जना महिला बाट १ सय जनालाई आत्मा निर्भर बनाउने योजना रहेको उहाँले बताउनु भयो । उहाँले आर्थिक रुपमा दुना,टपरीबाट महिलालाई आत्मा निर्भर बनाउने मात्र नभई सिन्धुली जिल्लालाई नै प्लाष्टिक मुक्त गराई, दुना,टपरीमा आत्मा निर्भर बनाउने लक्ष्य रहेको पनि बताउनु भयो । जिल्लालाई स्वच्छ्, सुन्दर, हरावरा बनाउन तथा  प्लाष्टिकजन्य सामाग्रीहरुको न्युनिकरण गर्न पनि सालको पातबाट निर्माण गरिएका दुना, टपरीले ठुलो मद्धत मिल्ने अपेक्षा गरिएको छ ।  महिलाले संचालन गरेको दुना,टपरी उद्योगलाई प्रभावकारी तथा व्यवसायिक ढङ्गगले विस्तार गर्नेका लागी दुधौली नगरपालीकाका प्रमुख तथा उपप्रमुख,वडा अध्यक्ष लगाएत सरोकारवालाहरुसँग आवश्यक सहयोग माग गरिएको पनि उहाँले जानकारी दिनुभयो । महिलाको सीपलाई विकास गर्दै लैजानका लागी  आवश्यक मेसिन औजारहरू र बजार व्यवस्थापनका लागि पहल गरिदिन पनि संम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन