सिन्धुली स्थित बम्जनको आश्रमबाट दुईजना नियन्त्रणमा

RadioSiddhababa
फोटो पत्रकार मिनकुमार दाहाल बाट


पुस २६, सिन्धुली – तपस्वी रामबहादुर बम्जनको सिन्धुली स्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले बिहिबार दुईजनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलत्कारको समेत आरोप लागेपछि सिन्धुपाल्चोक आश्रममा छानबिन पश्चात प्रहरी टोली यहाँ आइपुगेको हो ।
प्रहरी नायब उपरीक्षक विमल कँडेलको नेतृत्वमा आइपुगेको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीको सहायतामा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई नियन्त्रणमा लिएको हो । कमलामाई नगरपालिका–८ को पैरेमा करिब ४२ बिगाहा जमीनमा बम्जनको आश्रम छ । २४ बिगाहा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवका अनुसार केही सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको हो ।
बोधीधर्म श्रवण संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङ्गले तपस्वी बम्जन सिन्धुली आश्रममा नै रहेको र ठुलो क्षेत्र भएकाले कता बस्छन् भनेर आफूलाई समेत जानकारी नहुने बताउनु भयो ।
(ईकान्तिपुर बाट)

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर