फिक्कल महोत्सवमा प्याराग्लाईडिङ, र रयाफटिङ मुख्य आर्कषण हुने

RadioSiddhababa
फोटो गाँउपालिकाको फेसबुक पेज बाट


पुस २५, सिन्धुली – सिन्धुलीको फिक्कलमा सञ्चालन हुन लागेको फिक्कल महोत्सवमा प्याराग्लाईडिङ, रयाफटिङलाई मुख्य आर्कषणको रुपमा राखिने भएको छ । सडक विद्यालय बिजुली, फिक्कल बिकासको पुर्वाधार, कृषि जडिबुटी, वन र पर्यटन समृद्धिको मुल आधार भन्ने मुल नारा सहित फिक्कल गाउँपालिकाको खाङसाङ बेसीमा आयोजना हुन लागेको महोत्सवमा प्याराग्लाईडिङ, रयाफटिङलाई मुख्य आकर्षणमा राखिएको हो ।
महोत्सवमा  गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, गायन तथा निम्न माध्यमिक विधालय स्तरिय नृत्य प्रतियोगिता पनि गराइने आज काठमाण्डौमा पनि पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । महोत्सवमा करिब १ लाख पर्यटक भित्रियाउने लक्ष्य राखिएको गाँउपालिका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिको संयोजक पार्वती सुनुवारले जानकारी दिनुभयो । १ सय २० वटा स्टल रहने महोत्सवमा  ५२ लाख रुपैया बराबरको कारोबार हुने आयोजकले जनाएको छ ।
महोत्सव मार्फत फिक्कल गाउँपालिकाको कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास आन्तरिक तथा बाह्य मुलुकमा उत्पादित बस्तुको बजार सहजीकरण, बिकसित सुचना प्रविधीको जानकारी, कला, संस्कृति, भेषभुसाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद, स्थानिय खेलाडी तथा कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्नुका साथै फिक्कललाई आर्थिक रुपमा चलायमान गराई स्थानिय स्तरमा रोजगार सृजनामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सव अवधिभर विविध हास्य ब्याङ्ग्य प्रस्तुती, स्थानिय संस्कृति झल्कने सांस्कृतिक प्रस्तुुती, झाँकी, बाल उद्यान, पिङ, सर्कस, मौतकाकुवा लगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ  । महोत्सव माघ २ गते बाट ७ गते सम्म सञ्चालन हुनेछ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन