मासु बिक्री वितरण भईरहेको बुधबारे बजारको अवलोकन

RadioSiddhababa


कमल सरला सुनुवार, पुस २५, सिन्धुली – सिन्धुलीमाडीको बुधबारे बजारमा मासु बिक्री वितरण भईरहेको ठाँउको बुधबार अवलोकन गरिएको छ । पशु बधशाला र मासु बधस्थलको अबलोकन गरी ब्यबसायी र उपभोक्ता संग छलफल गरिएको हो ।
हुराडेक नेपाल दोलखाद्धारा सिन्धुली जिल्लामा सञ्चालित पारस्पारिक जवाफदेहि परियोजना अन्र्तगत कमलामाई नगरपालिकामा अवस्थित बुधबारे बजारमा अबलोकन तथा छलफल गरिएको हो । छलफलको क्रममा उपभोक्ता र  मासु ब्यापारीहरुले  पशुबधस्थल ब्यबस्थित नभएको स्वीकार गर्दै यसमा उपभोक्ता र ब्यापारीहरु मात्र दोषी नभएको बताएका छन् । यस बिषयमा सरकारी पक्षले पनि ध्यान दिनु आबश्यक रहेको बताउदै उनीहरुले सरकारी पक्षले अनुगमन नगर्ने, पशु बधशालालाई ब्यबस्थित बनाउन कुनै पनि योजना नबनाएको बताएका छन् ।
बुधबारे बजारमा मासु किन्न आएका कैलास रम्तेले जसरी पनि मासु खानु नै पर्ने भएकोले जस्तो छ उस्तैमा चित्त बुझाएर किनेर लाने गरेको बताउनु भयो ।  कमलामाई नगरपालिकाका ४ का पवन बस्तेतले फर्म नै दर्ता गराएर ब्यवसायीक रुपमा मासु ब्यबसाय गर्नेहरुले समेत खुल्ला ठाँउमा मासु बेच्न बाध्य भएको बताउनुभयो  । यता बुधबार नै बधशाला र बधस्थलको बारेमा भएको छलफलमा पशु भेटेनरी अस्पतालका प्रमुख डा.कल्याण कुमार श्रेष्ठले मासु बाट मान्छेमा रेबिज, जुका, थुनेलो, टिबि, बडफ्लु, जस्ता रोगहरु सर्ने भएकोले मासु खाँदा उपभोक्ताले ध्यान दिनु पर्ने बताउनुभयो  । मासु फ्रिजमा राखेर पकाएर, मानिसलाई हानिकारक गर्ने परजीवीहरु मारेर मासु खान उहाँले सुझाब दिनु भयो ।  मासु जाँच ऐन २०५५ ब्यस्थित रुपामा कार्यन्वय हुन नसकेको उहाँले बताउनु भयो ।  
बधशाला र बधस्थल मासु जाँच ऐन २०५५ मा पशु चिकित्सक सहितको बधस्थल र बधशाला हुनु पर्ने भनिए पनि ब्यबाहारिक रुपमा भने यसको कार्यन्वय भएको छैन ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग

RadioSiddhababa

कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण

  सिन्धुली, असार २६, २०८० मंगलबार ।  सिन्धुलीको कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण