प्रादेशिक महोत्सवमा जुनारको कारोबार सन्तोषजनक नभएको व्यवसायीको गुनासो

RadioSiddhababa
फाईल फोटो


पुस २३, सिन्धुली – सिन्धुलीमाडीमा १० दिन सम्म चलेको प्रादेशिक महोत्सव २०७५ को सोचे भन्दा बढी दर्शक बाट अवलोकन भए पनि जुनारको कारोबार भने सन्तोष जनक नभएको पाइएको छ । स्थानिय उत्पादनको प्रचार प्रसार गरी कारोबार बढाउने उद्धेश्यले महोत्सव सञ्चालन गरे पनि जुनारको कारोबार भने सन्तोषजनक नभएको हो ।
 सिन्धुलीमाडीमा जुनार तथा जुसको ब्यबसाय गर्दै आउनुभएका सानोभाइ फलफुल पसलका डिल्ली बिक्रम थापाले करिब १ लाख ५० हजारको मात्र जुनार तथा स्क्वाएस बिक्री भएको बताउनु भएको छ । करिब ३० क्विन्टल जुनार, ३०० लिटर जुनार स्क्वाएस र १२ क्विन्टल सुन्तला खरिद गरेर महोत्सव स्थलमा प्रदर्शन र बिक्रिमा राखेका थापाले करिब १ लाख ५० हजारको जुनार तथा स्क्वाएस बिक्री गर्नुभएको भएकोे हो ।
जुनारको राजधानी सिन्धुलीको पहिचान हुने उद्धेश्यले २२ नम्बर स्टलमा जुनार, सुन्तला तथा जुनार स्क्वाएस राखे पनि सोचे जस्तो कारोबार नभएको थापाले  गुनासो गर्नुभयो ।
यस्तै स्थानिय उत्पादनको प्रदर्शन प्रतियोगितामा प्रथम भएका जुनार व्यावसायि सन्त बहादुर सिंजालीले पनि  दर्शकको भिडभाड अनुसार जुनार सुन्तला बिक्री नभएको बताउनुभयो  । महोत्सवमा करिब साढे तिन लाखको जुनार बिक्री भएको अनुमान गरिएको  छ । महोत्सवमा के कती ? कारोबार भयो भन्ने बारे आयोजकले सार्बजनिक  गर्न बाँकी छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन